arrow

भेनेजुयलाको निर्वाचन प्रणाली विश्वकै सर्वाधिक विश्वसनीय र पारदर्शी: सञ्चार मन्त्री रोड्रिग्युज

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
Venezuela_flag.png

काराकास ।  भेनेजुयलाको सरकार र विपक्षी दलका प्रतिनिधिबीचमा राजनीतिक संकट समाधानका बारेमा वार्ता भएको छ । 

डोमेनिकन रिपब्लिकमा शुक्रबार दुई दिने वार्ता शुरु भएको अधिकारीहरुले जनाएका छन् । 

सरकारको तर्फबाट प्रतिनिधित्व गरेका भेनेजुयलाका सञ्चार मन्त्री जोर्गे रोड्रिग्युजले यसअघि सहमति भएका विषयमा छलफल भइरहेको जानकारी दिए। 

उनले भेनेजुयलाको निर्वाचन प्रणाली विश्वकै सर्वाधिक विश्वसनीय र पारदर्शी प्रणाली मध्येमै पर्ने बताए । 

वार्तामा विपक्षीको तर्फबाट सहभागी प्रतिनिधिमध्येका प्रमुख जुलिओ बोर्गेसले आफु भेनेजुयलाका नागरिकको आधारभूत अधिकारका लागि लडिरहेको बताए । 

उनले अधिकार नपाउदासम्म आफुहरुको संघर्ष जारी रहने अठोट पनि गरेका छन् । 

भेनेजुयलाको विपक्षी पार्टीले राष्ट्रपति निकोलस माडुरोको प्रशासनले मुलुकलाई आर्थिक संकटमा फसाएको र नागरिकलाई अधिकार नदिएको भन्दै आन्दोलन गरिरहेको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ