arrow

'म राष्ट्रिय राजनीति गरिरहँदा महतो विमानस्थलमा लोडर ठेकेदार थिए' : निधि

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
nidhi-mahato.png

जनकपुरधाम । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आफु राष्ट्रिय राजनीति गरिरहँदा महतो  विमानस्थलमा लोडरका ठेकेदारीमा व्यस्त रहेको बताएका छन् ।

शनिबार जनकपुरमा आयोजित चुनावीसभामा बोल्दै नेता निधिले  एक इञ्च विकासको काम नगरेका व्यक्ति अहिले बढाई चढाई कुरा गरिरहेको भन्दै भने,‘चोरले उल्टै कोतवाललाई गाली गर्दैछ । म राष्ट्रीय राजनीति गरिरहँदा उनी त विमानस्थलमा लोडरका ठेकेदारीमा व्यस्त थिए ।’ बाटो बिर्सिएर अहिले धनुषाबाट चुनाव लड्न आएका उनी जनताको अधिकारका लागि कतिपटक जेल गएको देखाउन निधिले चुनौती दिए । निधिले भने,‘मुलुकमा प्रजातन्त्र स्थापनाको लागि म बाल्यकालमै जेल परेँ ।

 तर, अहिले अधिकार अधिकार भन्दै हल्ला गरिरहेका उनी कतिपटक जेल परेका छन् तँपाईहरु सोध्नुस .’ आफु मन्त्री हुँदा धनुषा लगायत मधेशका जिल्लाहरुमा सडक सञ्जाल विस्तारको कार्यक्रम ल्याएको भन्दै पटक पटक आपुर्ति मन्त्री बनेका महतोले मधेशका लागि गरेका कामहरु देखाउन निधिले चुनौती समेत दिएका छन् । उनले भने,‘आपुर्ति मन्त्रालयमा त उनको स्थायी नियुक्ति झैँ थियो । तँपाईहरु सोध्नुस मधेशमा के कति काम गर्नु भएको छ । केबल झुठको खेती गरेर जनता भ्रमित हुनेबला छैन ।’

उपचारपछि चुनावी अभियानलाई तीब्रता दिएका निधिले शनिबार स्थानीय विद्यापति चोक, जिरोमाइल, बलवाटोल, वडा नम्बर ११ को हनुमान मन्दिर लगातका स्थानहरुमा आयोजना गरिएको चुनावीसभामा भाग लिएका छन् । स्थानीय युवा निरज झा गुडुको अध्यक्षतामा सम्पन्न भएको चुनावीसभामा पुर्व सांसद स्मृतिनारायण चौधरी, नेपाली काँग्रेसका नेता ललन चौधरी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, प्रवेश चौधरी, प्राध्यापक बब्लुकान्त ठाकुर लगायतका वक्ताहरुले बोलेका थिए । त्यसैगरी रामएकबाल साहको अध्यक्षतामा जिरोमाइलमा आयोजित सभामा प्रदेशसभाका उम्मेदवार श्यामप्रसाद साह, पुर्व मेयर बजरंगप्रसाद साह, ब्रम्हदेव साह, डा. गौराङ्ग मिश्र लगायतका वक्ताह?ले नेपाली काँग्रेसका उम्मेदवारलाई निर्वाचित गउरान आग्रह गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ