arrow

रकम हिनामिना गर्ने कृषि विकास बैँकका ३ कर्मचारी पक्राउ

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
A_bank.jpg

काठमाडौं । झण्डै ५ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीले कृषि विकास बैंक न्यूरोड शाखाका कर्मचारी (सहायक टेलर) दिपिका रेग्मीसहित ३ जनालाई पक्राउ गरेको छ ।

रेग्मीसँगै बालाजुका प्रकाश घतानी र काठमाडौं बस्ने दोलखाका रेमशकुमार थापा पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रकम हिनामिनामा रेग्मीको मुख्य संलग्नता देखिएको बताएको छ । बैंकको न्यूरोड शाखाबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको पाइएको सीआईबीले जनाएको छ ।

प्रहरीले उच्च अदालत पाटनबाट ५ दिनको म्याद थप गराएर तीनै जनामाथि बैंकिङ कसुरमा अनुसन्धान थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ