arrow

रमेश लेखक भन्छन्, ' प्रदेश ७ मा काँग्रेसकै सरकार हुन्छ केन्द्रमा पनि हामी नै पुग्छौ '

देशलाई कम्युनिष्टकरण रोक्न लोकतान्त्रिक गठवन्धन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७४ मंसिर १६ शनिबार
ramesh-lekhak-mahakali.jpg

कञ्चनपुर। हामी दोस्रो चरणको चुनावको पूर्व सन्ध्यामा छौ। पाँच बर्षका लागि जनताबाट चयन हुने भएकोले हामी जनताको माझबाट चुनिएर जाने अन्तिम गृहकार्यमा छौ। हामी पूर्ण बहुमतको सरकार बनाउने गरि गृहकार्यमा छौ। यो पटकदेखि केन्द्र र प्रदेशमा अलगअलग संचना हुने भएका कारण पनि हाम्रो ध्यान दुबै सरकार बनाउने तर्फ छ। 

प्रदेश ७ मा काँग्रेसको स्पष्ट वहुमत
प्रदेश सरकारको कुरा गर्ने हो भने प्रदेश सरकार बनाउन यहाँ चाहिने सिट हामी ल्याउँदैछौ। कुल ५१ प्रदेश सभा मध्ये हामी आधार भन्दा वढी जित्दै छौ। समग्रमा भन्दा प्रदेशमा हाम्रो सरकार बन्छ । सवैभन्दा वढी सिट कैलाली कञ्चनपुरमा जित्छौँ । १६ सिट मध्ये कैलाली कंचनपुरमा ८ सिट छ। त्यहाँ काँग्रेस मजबुत छ । 

नेपाली काँग्रेसका प्रती जनताको अटुट विश्वास छ । नेपाली काँग्रेसले जे भन्छ त्यो गर्छ भन्ने कुरा स्थापित छ। नसक्ने कुरा भन्दैद्द भन्ने सबैका बीचमा छ। हामीले जे भन्छौ त्यो गरेका छौँ। 

७ नम्वर प्रदेशमा मात्र नभएर देशव्यापी रुपमा हामीले जनताका बीचमा गरेका प्रतिवद्धता पुरा गरेका छौ। जतिवेला हामीलाई बहुमत चाहियो हामी संविधान दिन्छौ भन्यौ हामीले संविधान दिएका छौँ । काँग्रेसको पहलमा शान्ती आएको छ। म २००७ सालमा गइन २०३६ सालमा पनि गइन । तत्कालको पुस्ताले १० बर्ष यताको घटना त बुझेको छ । 

मुलुकको राष्ट्रिय राजनीतिमा काँग्रेसको जुन भुमिका छ त्यो भुमिका अरु राजनीतिक दलहरुको देखिएको छैन । लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने कार्यमा काँग्रेसको अभियान रहयो  त्यसलाई पनि जनताले साथ दिएको छ। सुदुर पश्चिममा काँग्रेस जागे पछि काँग्रेस ठुलो पार्टी बने पछि नै यहाँ बिकासका गतिविधि अगाडी बढि रहेका छन्। 

शेरबहादुर देउवा मन्त्री बन्नुअघी सुदुर पश्चिम कस्तो थियो भने कैलालीबाट कञ्चनपुर भारत हुदै जानु पर्थ्यो । कर्णालीमा राजमार्ग, डडेलधुरा देखी सुदुर पश्चिममका पहाडी बाटोहरु पुर्याउने पुर्वाधारहरु तयारी शेरबहादुर देउवा बलियो भए पछि भएको हो । पछिल्लो समय मैले भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाउँदा सुदुर पश्चिममा जुन बजेट आएको छ त्यहि बजेट २५-३० बर्षमा कहिल्यै आएको थिएन ।

हामीले गरेको काममा जस लिने होड छ विपक्षीको 
विपक्षी पार्टीले यस क्षेत्रको विकासको केहि काम गरेको देखिदैन। यहाँ त के छ भने काँग्रेसले कुन काम गर्यो भन्ने प्रश्न कम्युनिष्ट पार्टीका साथिहरुले गर्नु हुन्छ। यो कंचनपुर जिल्लाको ३ नम्वर क्षेत्रमा कामहरु कस्ले गरेको हो भन्ने मुध्दामा होडबाजी हुने गरेको छ । भएका काम अरुले गर्यो अनी नभएका काम रमेश लेखकले भागमा पनि हाल्छन साथीहरु। रमेश लेखक यतिका समय सांसद भयो के काम गर्यो भन्ने प्रश्न पनि आउँछ। अर्कातिर यो काम हामीले गर्या हौँ यो काम हामीले गर्या हौं भन्ने होड पनि चल्छ। अस्ती केपी ओली यहाँ आएर काम गनाएर जानुभयो। यि कामहरु मैले गर्या हुँ भन्नु भएछ। कामनै नभएको भएत उहाँले के गनाउनु हुन्थ्यो त। त्यसैंले यहाँ काँग्रेसले काम गर्या छ र गरिरहनेछ ।

कञ्चनपुरमा काँग्रेसले सवै सिट जित्छ
कञ्चनपुरमा हामी सवै सिट जित्छौँ । तथ्याङकलाई हेर्ने हो भने ५६ सालमा चुनाव लड्दा खेरी काँग्रेस कञ्चनपुरमा पहिलो राप्रपा दोस्रो थियो। एमाले तेस्रो थियो । एमालेसँग झन्डै ६ हजार मत अन्तर थियो । ५ हजार भन्दा वढी मत अन्तर राप्रपासँग थियो । दोस्रो पटक म ७० मा चुनाव लड्दा एमाले र माओवादीको मत जोड्दा खेरी म ४ हजार मतले अगाडी थिए। एमाले माओवादी र राप्रपा तिनवटै जोड्दा काँग्रेस मात्र ८०० ले पछाडी थियो । स्थानिय तहको निर्वाचनलाई हेर्दा काँग्रेस एवम राप्रपा र एमाले एवम माओवादीको मत जोड्दा वरावरको अवस्था छ । अहिले स्थानिय तहको भन्दा अवस्था सुध्रेको छ । पहिला ७ दिनमात्र प्रचार गरेका थियौ। अहिले समय छ। त्यसमाथी अहिले काँग्रेस एक ढिक्का भएको छ। त्यसमा पनि राप्रपाको पकड राम्रो भएका क्षेत्रबाट हामीलाई पूर्ण साथ छ।

अधिनायकवाद विरुद्ध लोकतन्त्रवादीहरु एक ठाउँमा
काँग्रेसको एकता र राप्रपासँगको सहकार्यको उर्जाले काँग्रेस एकदमै अगाडी छ। कम्युनिष्टहरु मिलेर एक दलिय अधिनायकबाद लाद्न खोजे यस्का विरुध लोकतन्त्रको रक्षाकालागि सवै लाग्नु पर्छ भन्ने हो । यिनिहरुको सिद्धान्त एक दलिय तानासाह लागू गराउने हो । संविधानमा प्रत्यक्ष राष्ट्रपति जान्छौ भने पछि त्यहाबाट शंका उत्पन्न भएको छ । २ बर्ष लगाएर संविधान बनाइयो त्यो बेला संसदिय ब्यवस्था मान्ने भनियो संविधानको कार्यान्वयन हुन नपाउदै संविधानको पुन लेखनमा किन जान पर्यो । शासकिय  स्वरुपलाई केन्द्रमा राखेर संविधानको निर्माण हुन्छ । शासकिय पुन संरचना गर्ने भनेको त संविधानको पुन लेखन गर्ने हो । संवैधानिक दृष्टिबाट हेर्दा शासकिय स्वरुप फेर्ने अरु जस्तो कुरा हैन । 

देशलाई कम्युनिष्टकरण गर्ने कार्य रोक्छौ
८ बर्ष सम्म संविधान बनाउन लाग्यो । कार्यान्वयन भएको २ वर्ष हुन नपाउदै किन पुन लेखन गर्नुपर्यो । काँग्रेसले कम्युनिष्टको प्रजातान्त्रिक प्रकृयालाई सरल बनाउने कार्य गरिरहेको छ । काँग्रेस नै त्यो पार्टी हो जस्ले कम्न्युनिष्टलाई लोकतान्त्रीक प्रकृयाको धारमा लिएर गयो । उहाँहरुको प्रवृती देशलाई लोकतान्त्रिककरण हैन कम्युनिष्टकरण गर्ने प्रयासमा हुनुहुन्छ । त्यो गलत दिशालाई हामी रोक्छौँ ।

एजेण्डाहरु
यहाँ धेरै समस्याहरु छन। गरिवी र बेरोजगारी समस्यानै प्रमुख हो। कञ्चनपुरलाई त्रिदेशिय नाकाका रुपमा बिकास गर्छौँ। देशको सवै भन्दा ठुलो व्यापारिक नाका हुनसक्छ । देहरादुन लखनउ र दिल्ली यहाबाट सवै भन्दा नजिक पर्छ। तिनै राजधानिमा विकास भएका औधोगिक हबहरुसँग जोडिने बितिकै यो ब्यापारिक केन्द्रका रुपमा स्थापित हुन्छ ।

चीनको बोर्डर पनि टाढा छैन। टिङकर नजिक छ। दुवै देशलाई जोड्दै त्रि देशिय नाका बनाउने हाम्रो योजना छ । यो यथार्थमा रुपान्तरित हुदै गएको सत्य हो के पी कमरेडको जस्तो गफ हैन । महाकाली पारी ६ लेनको बाटो पुर्याउने, महाकालीमा ठूलो पुल हाल्न ३ अरवको काम सुरु भएको छ। सुख्खा बन्दरगाहा बनाएर भारत जोड्ने काम हुँदै छ। नेपाल र भारतबीच औधोगिक र आवततजातको हव बनाउने काम हामी गर्दैछौ। 

(लेखकसँगको कुराकानीमा आधारित)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ