arrow

देउवाको दाबीः कांग्रेसले मात्रै आर्थिक समृद्धि ल्याउँछ

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
15.jpg

कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा नेपाली कांग्रेसले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउने बताएका छन् । 

प्रधानमन्त्री देउवाले कञ्चनपुरको बेलौरीमा शनिवार आयोजित विशाल आमसभालाई संबोधन गर्दै सो कुरा बताएका हुन् । 

उनले कञ्चनपुर लगायत सुदूरपश्चिमको अहिलेसम्मको आर्थिक विकास कांग्रेसका कारण मात्रै सम्भव भएको चर्चा गरे । 

‘कांग्रेस आदिवासी, जनजाती, अल्पसंख्यक, दलित, पछाडी पारिएका वर्ग, समुदाय सबैका लागि विकासको समान अवसर सिर्जना गर्न चाहन्छ’  चुनावी सभालाई संबोधन गर्दै उनले भने, ‘मुलुकमा कम्युनिष्ट शासन आएमा लगानी तथा समृद्धिका सबै मार्ग अवरुद्ध हुनेछ । ’

उनले यो निर्वाचन लोकतन्त्र कि अधिनायकवाद रोज्ने भन्ने जनमत संग्रह झैं भएको दोहोर्याए । 

‘नेपाली कांग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्यदेखि प्रजातन्त्र÷लोकतन्त्र स्थापना, माओवादीलाई सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा ल्याउनेदेखि राजाको निरंकुशताको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको हो’ उनले भने, ‘कांग्रेसकै नेतृत्वमा जारी भएको नेपालको संविधान कार्यान्वयनका लागि पनि कांग्रेसको विजय अपरिहार्य छ । ’

उनले आफूले २०७० सालको संविधान सभा सदस्य निर्वाचनताका जनतामाझ व्यक्त गरेको प्रतिवद्धताअनुसार कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रे, दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार सडकखण्ड कालोपत्रे र दोदा नदीमा पुल निर्माण भएको बताए ।

‘अझैं धेरै काम गर्न बाँकी छ’ उनले पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजना चाँडै सुरु हुने बताए । 

प्रधानमन्त्रीले कैलाली र कञ्चनपुरमा रहेका रानाथारु समुदायलाई सुचिकृत गरिने बताए । 

प्रधानमन्त्री देउवाले शनिबार नै कञ्चनपुर क्षेत्र नम्बर २ को शुक्लाफाँटा नगरपालिकाको झलारी तथा क्षेत्र नम्बर ३ को महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ