arrow

बाँदरमुढे घटनाका पीडितलाई ३ बुँदेमा हस्ताक्षर गराए प्रचण्डले

पीडितद्वारा पहिलो पटक स्वागत

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
badarmudhe.jpg

माडी, चितवन । चितवनको बाँदरमुढे घटनाका पीडित र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच तीन बुँदे सहमति भएको छ ।

पीडित पक्षले अघि सारेका माग सम्बोधन गर्न दाहाल तयार भएपछि सहमति भएको हो । सहमतिमा मृतकका अश्रित परिवारलाई रोजगार र उनीहरुका बालबालिकालाई पठन–पाठनको व्यवस्था गर्ने, घाइतेको उपचार गरिदिने तथा  पीडितका परिवारका काम गर्न नसक्ने अवस्थाकालाई जिवन बृद्धि गर्ने र काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, घटनामा घाइतेहरुको उपचार गर्दा भएको खर्च दिने तर, त्यसका लागि पीडितका तर्फबाट ३ जना, माओवादीका तर्फबाट ३ जना र माडी नगरपलिकाका प्रतिनिधिसम्मिलित एक कमिटी बनाउने सहमति भएको छ ।

यो समितिले तयार पारेको प्रतिवेदनका आधारमा यसअघि घाइतेहरुले उपचार गर्दा लागेको खर्च समेत माओवादीले व्यहोर्ने सहमति भएको छ ।  सहमतिमा पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, विकास लामिछाने र हरी न्युरेले हस्ताक्षर गरेका छन् भने, माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।

यो सहमतिसँगै बाँदरमुढे घटनाका पीडितले पहिलो पटक माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभासदस्य उम्मेदवार दाहाललाई स्वागत गरे । यसअघि उनीहरुले दाहाललाई स्वीकारेका थिएनन् । माओवादी सशस्त्र संघर्षमा रहेका बेला २०६२ साल जेठ २३ गते गुडिरहेको बस माओवादीले थापेको विद्युतिय धरापमा परेको थियो । धराप विष्फोटमा ३८ जनाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ