arrow

कांग्रेसको सहज बहुमत आउछ : खाँण

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
balkrishna_khad.JPG

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा  तथा प्रदेश सभा निर्वाचन २०७४ केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले अहिलेको निर्वाचनमा नेपाली कांग्रेसले सहजढंगले बहुमत ल्याउने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले आइतबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक खाँणले सो कुरा बताएका हुन् ।
 
“दोस्रो चरणमा निर्वाचन हुने १२८ स्थानमध्ये नेपाली कांग्रेसले ११८ स्थानमा उम्मेदवार उठाएको छ,”संयोजक खाँणले भने,“यसमा ७० स्थानमा हामी अग्रस्थानमा छौ ।” उनहाँले लोकतान्त्रिक गठबन्धनका लागि छोडिएको १० स्थानका अधिकांश ठाँउमा सहयोगी दलका उम्मेदवारहरु विजयी हुने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसले प्रतिनिधिसभाको कूल स्थानमा कति सीट जित्छ ? भन्ने प्रश्नको जवाफ दिदैं उनले भने,“ हाम्रो सहज बहुमत आउछ , पहिलो चरणमा पनि बहुमत सीटमा विजय हासिल गर्ने हाम्रो अनुमान छ ।”
 
उनले नेपाली कांग्रेसका शीर्ष नेताहरु निर्वाचन प्रचारको राष्ट्रव्यापी अभियानमा गएको, बामपन्थी गठबन्धनका कारण पार्टी एकजुट भएको र लोकतान्त्रिक गठबन्धनका बीचमा राम्रो समन्वय भएको कारण यो निर्वाचनमा नेपाली कांग्रेसको अवस्था निकै राम्रो भएको पनि उल्लेख गरे

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ