arrow

महेश बस्नेतको घरमा बम

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
mahesh-basnet.jpg

भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका पूर्वमन्त्री एवं नेकपा एमालेका युवा नेता महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा बम भेटिएको छ । 

राति करिब ८ बजे बस्नेतको घरको बाहिरको मूल गेटमा नयाँ ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए । 

खबर पाएपछि पुगेका नेपाली सेना र प्रहरीको टोलीले राति करिब ९ बजे बमलाई निष्क्रिय गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 

उम्मेदवारको परिवार र स्थानीय बासिन्दालाई आतंकित पार्न यस्तो प्रयास गरेको हुनसक्ने स्थानीयवासीले बताएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ