arrow

डा शशांक कोइरालाको प्रचारप्रसारमा गएको कारमा आगजनी

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
sashank-koi-mn.jpeg

कावासोती । नवलपुरको देवचुलीमा कांग्रेस उम्मेदवार एवं पार्टी महामन्त्री डा शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको एउटा कारमा अज्ञात समूहले आगजनी गरेको छ ।

नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार कोइरालाको प्रचारमा प्रयोग गरिएको स्थानीय लालकुमार श्रेष्ठको कारमा आइतबार राति प्रगतिनगरमा आगजनी भएको हो ।

घरमा पार्किङ गरिएको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

नवलपुर १ का कांग्रेस महामन्त्रीसमेत रहेका शशांक कोइरालासंग कम्युनिष्ट गठबन्धनबाट माओवादीका भविश्वर पराजुली प्रतिस्पर्धामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ