arrow

बम आक्रमणमा परी घाइते भएका गगनको यसरी हुँदैछ उपचार

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
gagan_thapa6.jpg

काठमाडौं । चुनावी घरदैलोको क्रममा बम आक्रमणमा परेका काँग्रेस नेता गगन थापाको त्रिवि शिक्षण अस्पतालमा उपचार भर्इरहेको छ । कान र ढाडमा सामान्य चोट लागेका थापालार्इ अहिले त्रिवि अस्पतालमा उपचार भइरहेको हो । 

उनीसँगै गम्भीर घाईतेहरु श्याम कृष्ण श्रेष्ठ र राजकाजी श्रेष्ठ, ध्रुब खड्का लगायत ६ जना कार्यकर्ताको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको हो । अहिले गगन थापाको अवस्थाबारे बुझ्न शिक्षण अस्पताल महाराजगञ्जमा उनका शुभेक्षुकहरुको भीड लागेको छ । 

यसैबीच, बम आक्रमणमा परी घाइते भएका थापालार्इ भेट्न चिकित्सक समेत रहेकी श्रीमती अञ्जना केसी लगायतका परिवारका सदस्यहरु पनि त्रिवि शिक्षण अस्पतालमा पुगिसकेका छन् । घटना लगत्तै महाराजगञ्ज ल्यार्इएका थापालार्इ भेट्न तत्कालै परिवारका सदस्यहरु शिक्षण अस्पताल पुगेका थिए । 

प्रहरीले गगन माथि आक्रमण गर्ने आक्रमणकारीको खोजी कार्य जारी रहेको जनाएको छ । घरदैलोका क्रममा उनीमाथि आक्रमण भएको जानकारी पाउने बित्तिकै उनीमाथि आक्रमण गर्नेको खोजी कार्य तीब्र बनार्इएको प्रहरी प्रवक्ता मनोज न्योपानेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ