arrow

अधिकारी बन्धुलाई सम्मान

logo
गोपाल अधिकारी,
प्रकाशित २०७४ मंसिर १८ सोमबार
adhikari.jpg

बिर्तामोड ।  कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान अर्जुनधारा नगर समितिको आयोजनामा अर्जुनधारा नगरपालिकाभित्र रहेका अधिकारी बन्धुहरुको भेला सम्पन्न भएको छ ।  अर्जुनधारा–३ स्थित चन्द्रप्रसाद अधिकारीको घर परिसरमा सम्पन्न भेलामा २०७४ सालको वन्धु देउसीभैलोमा संकलित रकमको आयव्यय विवरण प्रस्तुत गर्नुका साथै उधौली गोठधुप पूजा समेत गरिएको  थियो ।

नगरभित्र रहेका तीन सय घर बन्धुहरु मध्ये दुई सयभन्दा बढीको संख्यामा उपस्थित वन्धुहरुको भेलाले अर्जुनधारा–३ का जितेन अधिकारी, अर्जुनधारा–७ का लेखनाथ अधिकारी, अर्जुनधारा–६ जगतबहादुर अधिकारी, अर्जुनधारा–७ का देवीबहादुर अधिकारी (खत्री) र वडा नं. १० का संयोजक दिनानाथ अधिकारीलाई सम्मान गरिएको थियो ।
 
अर्जुनधारा नगरसमितिका अध्यक्ष केयरसिंह अधिकारीको अध्यक्षता तथा  निवर्तमान अध्यक्ष लेखनाथ अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार अधिकारी, महासचिव रत्नबहादुर अधिकारी, सचिव शेखरनाथ अधिकारी, सदस्य रेखा अधिकारी, सदस्य खगेन्द्रप्रसाद अधिकारी, झापा जिल्ला अध्यक्ष चिरञ्जिवी अधिकारी, केन्द्रीय सल्लाहकार सूर्यप्रकाश अधिकारीको आतिथ्य रहेको थियो ।

समितिका कोषाध्यक्ष होमप्रकाश अधिकारीले देउसीभैलोको आयव्यय विवरण प्रस्तुत गरेको कार्यक्रममा उपाध्यक्ष गोपाल अधिकारीले स्वागत  गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव खड्ग अधिकारी र सहसचिव जगन अधिकारीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ