arrow

कांग्रेसको बहुमत आउने देखेर एमाले तर्सिएको छ : प्रम देउवा

logo
टेकराज अवस्थी,
प्रकाशित २०७४ मंसिर १८ सोमबार
PM-Ganyadhura.jpg

गन्यापधुरा(डडेल्धुरा), १८ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताले सात दशक देखि संघर्ष गरेर ल्याएको लोकतन्त्र र त्यसलाई संस्थागत गरेको समावेशी संबिधान खारेज गर्न बाम गठबन्धन भएको बताएका छन् ।
 
प्रतिनिधि तथा प्रदेश सभाका लागि चुनाव प्रचारप्रसारको क्रममा गृह जिल्ला डडेल्धुरा पुगेका देउवाले जिल्लाको गाङखेत , नवदुर्गा २ बडम , गन्यापधुरा ३ सकायल , वडा नं. २ बुडालका चुनावी आम सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
 
प्रधानमन्त्री देउवाले एमाले र माओवादीले अहिलेको संबिधान च्यातेर निरंकुश शासन चलाउने संबिधान बनाउने नियत राखेको देखाएको छ ।
 
प्रधानमन्त्री देउवाले सबै समुदायको अधिकार र समृद्धिका लागि बनेको संबिधानलाई संशोधन गरेर एक दलीय सत्ता संचालन गर्ने कम्युनिष्टहरुको रणनीतिलाई विफल पार्न यो निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन मतदातालाई अपिल गरेका थिए ।
 
सुदूरपश्चिमको विकासका लागि पश्चिममा रहेको पञ्चेश्वर र पूर्वमा कर्णाली तथा मध्य भागमा रहेको पश्चिम सेती निर्माण गर्नै प्रकृया अन्तिम चरणमा रहेकोले यस क्षेत्रको बेरोजगारीलाई ती आयोजनाको निर्माणबाट समाधान गर्न सकिने विश्वास उनले गरे।
 
फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री देउवाले काँग्रेसको बहुमत आईहाल्छ कि भनेर एमाले तर्सिएको बताउदै एमाले अध्यक्ष ओलीको छुद्र भाषा त्यसैको परिणाम भएको बताए।
 
प्रधानमन्त्री देउवाले सोमवार डडेल्धुराको गाङखेत , नवदुर्गा २ बडम , गन्यापधुरा ३ सकायल , वडा नं. २ बडाल गरि चार स्थानमा चुनावी आम सभालाई सम्बोधन गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ