arrow

मकवानपुरबाट बामपन्थीहरु अस्ताउने बेला आयो : थापा

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
kamal.JPG

हेटौँडा । उपप्रधान एवम् उर्जा मन्त्री  तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले लोकतान्त्रिको पक्षमा जनलहर देखेर बामपन्थीहरु आतिएको बताउदै मकवानपुरबाट बामपन्थीहरु अस्ताउने बेला आएको बताए  ।  

थापाले आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट विजयी भएमा महालक्ष्मी उपाध्याय डीनालाई मन्त्री र इन्द्रबहादुर बानियाँलाई ३ नम्बर प्रदेशको मुख्य मन्त्री बनाउन राप्रपाले विना सर्त सहयोग गर्ने उद्घोष गरेका छन् ।

शनिबार मनहरी गाँउपालिको मनहरीमा  भएको लोकतान्त्रिक गठबन्धनको चुनावीसभामा थापाले मकवानपुरले क्षेत्र नम्बर २ ले विकास प्रमी  योग्य, इमान्दार एवम् युवा उम्मेदवार चाहेकोले सो समय अब आएको भन्दै सम्पूर्ण मतदातालाई डिना र  बानियाँलाई  मतदान गर्न अनुरोध गरेका छन् ।

त्यसैगरी मकवानपुरको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा अब कम्युनिष्टहरुको झुटको खेतीको २१ गते पछि सकिने ठोकुवा गरीन । उनले यो निर्वाचन जनताको भविष्य संग जोडिएको भन्दै विकासका लागिका मतदान गर्न आम मतदातालाई आग्रह गरिन ।  

त्यसैगरी मकवानपुर क्षेत्र नम्बर २ ख का  प्रदेशसभा सदस्यका उम्मेदवार ईन्द्र बानियाले मकवानपुरे जन्ताले अब विकास विरोधिलाई नपत्याउने भन्दै विकास प्रमी उम्मेदवारलाई पत्याउने र आफु विकासप्रमी भएकोले जन्ताहरुले विश्वास गरेको बताए । बानियाले राजनितिलाई पेशा बनाउने देखी होसीयार भन्दै आफुले जन्ताको विश्वासलाई कहिल्यै धोका नदिने बताए ।

काँग्रेसका केन्द्रीय प्रतिनिधी पूर्व सभाषद् जीवनप्रेम श्रेष्ठले  विकास र समृद्धिको लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए । कार्यक्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिभा सदस्यको समानुपातिक उम्मेदवारहरु दीपकबहादुर सिँह, पवित्रा विश्वकर्मा, पार्टि सचिव बुद्ध लामा, काग्रेस निवर्तामान सभापति रघुरमण न्यौपाने काग्रेस र राप्रपा प्रदेशसभा समानिपातिक उम्मेदवार गोविन्द रिजाल लगायलते गठबन्धनको पक्षमा मत दिन मतदातालाई आग्रह गरे ।

काँग्रेस क्षेत्रिय सभापती लोक मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा उम्मेदवारहरु सन्त बहादुर चेपाङ, जानिक लामा, लक्ष्मी श्रेष्ठ काँग्रेसका नेताहरु भीमसेन महत, आन्दराम पराजुली, लगायतकाको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ