arrow

मतदाता शिक्षामा गरेका कामको फेहरिस्त सुनाए उमेद्वारहरुले

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
kohlpur-hamrakura.jpg

कोहलपुर। प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन आउन केही दिनमात्र बाँकी रहदा सबै मतदाताहरु मतदान प्रक्रियाबारे जानकार हुन नसकेको सरोकारवालाहरुले बताएका छन्। मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसक्दा सहि तरिकाले मतदान हुन नसक्ने चिन्ता सरोकारवालाहरुले राखेका हुन्। 

कोहलपुरमा शनिवार सम्पन्न मतदाता शिक्षा सम्बन्धी निर्वाचन वहसमा सहभागी राजनीतिक दलका उमेद्वारहरुले चुनावी प्रचार प्रसारका क्रममा मतदाता शिक्षालाई प्राथमिकतामा राखेर चुनावी अभियान जारी राखेको बताए। नागरीक समाजका प्रतिनिधीहरुले भने मतदाता शिक्षा प्रभावकारी नदेखिएको भन्दै आउने निर्वाचनमा मत बदर संख्या उल्लेख्य हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे। 

तीन मतपत्रमा चार छाप हान्नु पर्ने भएकाले मतदाताहरु झुक्किन सक्ने भन्दै कार्यक्रममा चिन्ता व्यक्त गरिएको थियो। हाम्रा कुरा डटकमले आयोजना गरेको निर्वाचन वहसमा मतदाता शिक्षाका विषयमा दलका प्रतिनिधिहरुले आफ्नो पार्टीले गरेका कामहरुको फेहरिस्त सुनाएका थिए। कार्यक्रममा सहभागि राजनीतिक दलका उमेद्वारहरुले आफ्ना निर्वाचन क्षेत्रमा मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेर चुनावी अभियान जारी राखेको बताएका थिए। 

कार्यक्रममा बोल्दै लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधी सभाका उमेद्वार माधवराम खत्रीले चुनावी घरदैलो तथा मतदाता भेटघाटमा नमूना मत पत्र सहित मतदाता शिक्षा सिकाइने गरेको बताए । उनले निर्वाचन आचार संहिताका सवालमा लोकतान्त्रिक गठबन्धन संवेदनशील रहेको बताए।जिल्लाको निर्वाचन क्षेत्र नं. १ भरी कहिकतै आचार संहिता विपरित प्रचार प्रसार नगरिएको उल्लेख गर्दै उनले भने–“हामीले चुनाव चिन्ह अंकित तल, व्यानर र ठुला पोष्टर कहि कतै प्रयोग गरेका छैनौं।”

वाम गठबन्धनतर्फबाटका प्रतिनिधी सभाकै उमेद्वार महेश्वर गहतराजले पनि आफ्ना कार्यकर्ताहरुले चुनाव प्रचार प्रसारको क्रममा मतदाता शिक्षालाई जोड दिइरहेको बताए। विशेष गरि ग्रामिण क्षेत्रमा मतदाता शिक्षा प्रभावकारी बनाउन राज्यका निकायभन्दा राजनीतिक दलको गतिविधी प्रभावकारी हुने धारणा राखे। उनले स्थानिय रुपमा जनतासँग प्रत्यक्ष जोडिने संयन्त्रको रुपमा राजनैतिक दल र त्यसका भातृ संगठनहरुले चुनावी प्रचारसँगै घरदैलो अभियानलाई तिब्रता दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका प्रदेश सभातर्फका उमेद्वार नारायण प्रसाद गौडेल, वाम गठबन्धनतर्फकी प्रदेश सभा उमेद्वार आरती पौडेल, कोहलपुर नगरपालिका वडा नं. १० वडाध्यक्ष निरज चलाउने, लगाएतले आफ्नो धारणा राखेका थिए।

कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी चौधरीले मतदाताहरुमा प्रत्यक्ष भन्दा पनि समानुपातिक मतपत्रमा बढि मत बदर हुन सक्ने बताइन्। ग्रामिण क्षेत्रमा गठबन्धनमा सहभागी दलहरुले फरक फरक मतपत्र लिएर चुनावी कार्यक्रममा जाँदा समस्या देखिएको उनको भनाई छ। बदर मतले जनताबाट प्रतिनिधी हुनुपर्ने व्यक्ति बञ्चित समेत हुने सक्ने भन्दै उनले मतदाता शिक्षालाई हरेक घर दैलोसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन्।

हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले शहरी क्षेत्रका मतदाताको मत वदर हुने प्रतिशत वढी देखिएका कारण शहरी क्षेत्रका मतदातालाई लक्षित गरेर अभियान सञ्चालन गरेको बताए।  उनले राजनीतिक दल, नागरिक संस्था र सञ्चार माध्यम मार्फत मतदातालाई शिक्षाको ज्ञान प्रसार गर्ने अभियान रहेको बताए। 

नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष प्रदिप वाग्लेले मतदाता शिक्षा प्रधावकारी हुन नसक्दा वदर मत वढी हुन सक्नेतर्फ ध्यान दिन सरोकारवालाहरुलाई ध्यानाकर्षण गराए।

Image may contain: 4 people, people smiling, indoor

Image may contain: 4 people, living room and indoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ