arrow

कञ्चनपुरको सीमा नाका बन्द 

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
gaddachauki_naka.jpg

कञ्चनपुर । मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका लागि कञ्चनपुरको सीमा नाका बन्द गरिएको छ । सोमबार साँझ ५ बजेदेखि नेपाल–भारत कञ्चनपुरको भारतसँग जोडिएका सीमा नाका बन्द भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेठीले निर्वाचनलाई मध्य नजर गर्दै सीमा नाका बन्द गरिएको बताए । उनका अनुसार सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमा बन्द भएपछि मंगलबारदेखि सवारी साधन समेत चल्न सकेका छैनन् । दुवै तर्फ पैदल यात्रुलाई भने आवागमन गर्न दिएको छ ।

 केही मतदाता भने भोट हाल्न छाडेर भारततिर बाट आउने भएकाले आवागमन गर्न दिएका हो । एम्बुलेन्स लगायत आकस्मिक सवारी साधन चल्न दिएको छ । कञ्चनपुरको उत्तरी पश्चिम भीमदत्त नगरपालिका ९ ब्रम्हदेब देखि पुर्नवास नगरपालिका ११ डोकेबजारसम्म झण्डै १२९ किलोमिटर दुरी भारतीय सीमा नाकामा संयुक्त गस्ती गरिने भएको छ । 

नेपाल भारतका अधिकारीबीच निर्वाचनसम्म संयुक्त गस्ती गर्ने, मोबाईल, निगरानी बढाउने, चेक प्वाईन्ट स्थापना गरेर चेकजाँच सहमती अनुसार सुरक्षाका काम भईरहेको उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ