arrow

मतपत्र च्यात्ने प्रचण्डका कार्यकर्तालाई मतगणनामा नराख्ने निर्वाचन कार्यालयको निर्णय

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
pmprachandadahal.jpeg

काठमाडौं । चितवका प्रमुख निर्वाचन अधिकृत कुल प्रसाद शर्माले स्थानीय तहको निर्वाचनको मत गणनामा  मतपत्र च्यात्नेहरुलाई यस पटको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतगणनामा नराख्ने प्रस्ट पारेका छन् । शर्माले कानुनी रुपमा उनिहरुलाई मत गणनामा बस्न नदिने व्यवस्था नभएता पनि नैतिक हिसावले आफुले मतगणना स्थलमा राख्न नसक्ने  बताएका छन् ।

मौन अवधि सुरु भएपछि निर्वाचनको तयारीका बारेमा स्थानीय पत्रकार तथा सरोकारवलाहरु सँग कुराकानी गर्दै प्रमुख शर्माले स्थानीय तहमा भएको जस्तो मतपत्र च्यात्ने गतिविधि हुन नदिन सबै खालका सुरक्षा सतर्कता अपनाइएको बताए । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा आफ्नो मत कम हुने देखेपछि भरतपुर महानगरपालिकाको मतगणना स्थलमा मतपत्र च्यातेको थिए ।

मतपत्र च्यात्नेमा माओवादी केन्द्रका वाईसियल इन्चार्ज मधु न्यौपाने र अर्का माओवादी कार्यकर्ता दोर्ण शिवाकोटी रहेका थिए । उनिहरुलाई अदालतले दश दिन थुनामा राखेर एक- एक लाख रुपैया धलौटिमा छोडेको थियो । सो मत पत्र च्यातिएको विवाद लामो समय सम्म रहदा अनिर्णयको वन्दि भएको थियो र पुन: मतदान गरिएको थियो ।

सो समय नेकपा एमालेले मत पत्र च्यातिएको घटनाको सार्वजनिक रुपमा बिरोध जनाउदै आएको थियो ।  अहिले माओवादी केन्द्रसँग एमालले गठबन्धन बनाएर चुनामा होमिएको छ  । अर्को तर्फ सो समय माओवादीसँग सहकार्य गरेको नेपाली कांग्रेस भने लोकतान्त्रिक गठबन्धबाट चुनावमा उठेको छ । यो पटक पनि माओवादीले पुन : मतपत्र च्यात्न सक्ने अशंका अन्य राजनितिक दलले गरेपछि सो विषयमा सुरक्षा सतर्कता अपनाइएको  हो ।  

  माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) चितवनबाट उम्मदवार वन्दै गर्दा यस पटक पुन: भरतपुर काण्ड दोहरिन सक्ने आशंका कांग्रेस लगायत लोकतान्त्रीक गठबन्धका  दलहरुले गरेका छन् । सो बिषयमा  गठबन्धका  दलहरुले पटक पटक निर्वाचन कार्यलय र सुरक्षा संयन्त्रलाई जानकारी गराएका छन् ।   कुनै पनि तहको सुरक्षामा कमजोरी नपार्न उनिहरुले आग्रह गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ