arrow

आइसीसी विश्व क्रिकेट लिग : नेपाल र युएई आमुन्ने–सामुन्ने हुँदै

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौं । नेपालले वुधबार घरेलु टोली युएईसँग आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेल खेल्दैछ ।

च्याम्पियनसिपको खराब लयमा रहेको नेपाल डिभिजन–२ मा घटुवा भएको छ । घटुवामा परेको यी दुई टोलीबीचको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । पारस खड्काको कप्तानीमा युएई गएको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो ।

पारस खड्का, ज्ञानेन्द्र मल्लसहितका प्रमुख खेलाडीलाई विश्राम दिएको नेपालले अमेरिकासँगको पहिलो अभ्यास खेलमा पराजय भोग्दा दोस्रो खेलमा केन्यालाई सजिलै हराएको थियो ।

नयाँ खेलाडीलाई अवसर दिइएको खेल नेपालले जित्यो । नेपाल र युएईबीचको दोस्रो खेल आउँदो शुक्रबार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ