arrow

अल कायदाका वरिष्ठ नेता मारिए

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
death.png

काबुल । पूर्वी अफगानिस्तानमा भएको कारबाहीको क्रममा अल कायदाका एक वरिष्ठ कमाण्डर मारिएका छन् । 

यस कारबाहीको क्रममा अन्य ८० जना सरकार विरोधी आतङ्ककारी पनि मारिएका छन् । अफगानिस्तानको गुप्तचर निकायले मङ्गलबार सो जानकारी दिएको छ । 

राष्ट्रिय सुरक्षा निर्देशनालय (एडिएस) ले जारी गरेको एक विज्ञप्तिका अनुसार यस कारबाही अफगान सैनिक, एडिएसका सदस्यहरु र अमेरिकी सेनाको संयुक्तरुपमा भएको जनाएइको छ । 

ओमार खेताब नामक अल कायदाका वरिष्ठ नेता अफगान सेनाले मङ्गलबार बिहान गरिएको सो कारबाहीमा मारिएका बताइएको छ । 

अफगानिस्तानको अल कायदा सञ्जालका यिनी दोस्रो श्रेणीका नेता हुन् । यस कारबाहीमा मारिएका आतङ्ककारी प्रायः अल कायदाका थिए भने दर्जनौँको सङ्ख्यामा तालिवानहरु रहेका जनाइएको छ । 

पूर्वी अफगानिस्तानको गजनीमा सो कारबाही भएको थियो । उक्त क्षेत्रमा ती लडाकूहरु रहेको सूचनाको आधारमा सैनिकले सो कारबाही गरेका थिए । सिन्ह्वा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ