arrow

वातानिया एयरवेजले बुधबारदेखि कुवेत–काठमाडौं सिधा उडान गर्ने

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
Wataniya-Airways.jpg

काठमाडौं । बुधबारदेखि कुवेत–काठमाडौं–कुवेत सिधा उडान सुरु हुने भएको छ  । कुवेतको वातानिया एयरवेजले बिहिबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौं प्रत्यक्ष उडान शुरु गर्न लागेको हो ।

उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग बुधबार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ