arrow

सरकारी नीतिको खिल्ली उडाउँदै ‘चुरोट’

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
churot.JPG

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन भन्दै विभिन्न नीतिहरु बनाएको छ । यद्यपि, पहिले बनेका नीतिहरुको कार्यान्वयको अवस्था भने निकै सुस्त छ ।

सार्वजनिक स्थानमा धुमपान गर्न नपाउने भनि पाँच वर्ष पहिले २०६९ सालमा स्वास्थ मन्त्रालयले ल्याएको नीति कार्यान्वयनको अवस्था पनि त्यस्तै छ ।

मन्त्रालयले नीति ल्याएपछिका केही दिन खुबै प्रचार गरियो । केही ठाउँमा कडाई समेत गरियो । तर, समय वित्दै गएपछि त्यो क्रम विस्तारै हराउँदै गयो ।

अनुगमन वा नियमन हुनै छाड्यो । केही समय होटल, पसल, चोक, मन्दिर, पाटी, पौवा आदी इत्यादीमा धुमपान गर्न नपाइने भनि प्रचार गरियो । सरकारी नीतिमा भनिएका स्थानमा धुमपान गर्नेहरुलाई कारबाही गरेका एकाध खबरहरु पनि आए ।

तर, त्यो समय वित्दै गएपछि हरायो । सार्वजनिक स्थलमा धुमपान गरेको भन्दै कारबाही गरेका समाचार आउन पनि छाडे । अहिले सबैतिर सरोबरी धुमपान गर्नेहरु भेटिन्छन् । चुरोटकाे खिल्लिले सरकारी नीतिको खिल्ली उडाइरहेको छ । त्यसलाई रोक्न फेरि सरकारले केही महिना अघि मात्रै धुमपान, सुर्तीजन्य वस्तुहरुको विक्रिवितरणमा कडाई गर्न भन्दै अनुमतिपत्र अनिवार्य र विक्रिको छुट्टै पसल राख्नु पर्ने नीति लागू भएको घोषणा गरिदियो । तर, अहिलेसम्म कति विक्रिकर्ताले अनुमति लिएर छुट्टै पसल राखे भन्ने पनि थाहा पाउन सकिएको छैन ।

चरोट, खैनी र गुट्खाको बोक्रामा क्यान्सरजन्य रोग संक्रमण भएको कलेजो र मुखको चित्र राख्न समेत लगाइयो । अर्कोतिर धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने सन्देश प्रत्येकको बोक्रामा लेखेकै हुन्छ । सार्वजनिक स्थलमा धुमपान गर्दा सेवन गर्नेसहित नजिकै रहेकाहरुलाई पनि असर गर्ने र सभ्य बन्न समेत सिक्नु पर्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो नीति ल्याएको बताइन्छ ।

सामाजिक क्षेत्रका चिन्तकहरुले सरकारी नीतिको प्रभाव अझै नपरेको बताएका छन् । अर्कोतिर भरखरै कलेज पढ्न लागेका र विद्यालय जाने उमेरका केटा केटीले चुरोट तानेका दृष्यहरु समस्या बन्दै गएका छन् ।

काठमाडौं शान्तिनगरमा पसल राखेर बसेकी रस्मी कठायत भन्छिन्, ‘मेरो पसलमा वाईन, चुरोट किन्ने सबै प्रकारका मानिस आउने गर्छन् । केटा केटी ९, १० प्लस टु पढ्ने विद्यार्थीदेखि वृद्ध, युवा, युवति आउने गर्दछन् ।’

मेरो व्यापार हो, तर पनि दुःख लाग्छ, उनले भनिन्, ‘रोक्ने कोही छैन । अहिले ठूलो चिन्ता त के भने ? केटा केटीले यस्तो चुरोट, गाजा खाएर हिड्छन् । यिनीहरुको भविष्य के होला ?’ सरकारले नियम ल्यायो तर कार्यान्वयन भएन ।

बुबा–आमाले नियन्त्रण गर्न सक्ने अवस्था छैन, उनले भनिन्, ‘राम्रो वातावरण बनाउन यो क्षेत्रमा काम गर्ने धेरैको सहकार्य चाहिन्छ । बुबा आमाले गाली गरेर वा पिटेर मात्रै यसको समाधान हुँदैन होला ।’ सार्वजनिक स्थलमा धुमपान गरे तुरुन्त कारबाही हुने व्यवस्था भए राम्रो हुन्छ ।
स्वास्थ्य मन्त्रालयका कर्मचारीले भने आफुहरुले नीति नविर्सेको बताएका छन् । मन्त्रालयका एक जना अधिकारी सुरेश शर्माले भने, ‘मन्त्रिपरिषदले निर्णय गरेपछि पोलिसी बन्छ । त्यो कार्यान्वयन गर्ने जिल्लाकै सरोकारवालाले हो । सबै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी टोबागो नियन्त्रण समितिको संयोजक हो ।’ कार्यान्वयन सन्यन्त्रको नाइके पनि सहायक प्रमुख अधिकारी नै हो ।

उनले अगाडि भने, ‘मन्त्रालयले बाजुराको जिल्ला प्रशासन, कृषि कार्यालयम चुरोट खायो भनेर हेर्न सक्ने कुरा हुँदैन । त्यो सम्भव हुँदैन । मन्त्रालयले नीतिहरु बनाएर कार्यान्वयनको निर्देशन गर्ने हो ।’ प्रहरी प्रमुख पनि त्यसको सदस्य हुन्छ ।

सीडीओको अध्यक्षतामा एउटा समिति पनि छ, उनले भने, ‘त्यसमा जनस्वास्थ्य प्रमुख सदस्य सचिव हुन्छ । यी निकायहरुको कमिटीले जिल्ला जिल्लामा सक्रियताका साथ काम गर्ने हो ।’ यसको अनुगमन गर्ने निम्मा मिडिया र नागरिक समाजको पनि हो । हामीले विर्सेको भन्ने कुरा होइन ।

शर्माले भनेका छन्, ‘मन्त्रालयले नीति बनाइसकेपछि हामी त्यो कार्यान्वयनकै बाटोमा छौँ । अहिले ऐन फर्मेशनको क्रममा छ ।’ मन्त्रायलमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चारकेन्द्रले यसलाई हेर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ