arrow

राजपाले मतदातालाई माछा बाड्न खोज्दा सिघारमनमा झडप

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
umbrella.png

रौतहट । रौतहट जिल्लाको गढीमाई नगरपालिका-६ सिघारमन, धरमपुरमा काँग्रेस कार्यकर्ता र राजपा कार्यकर्तामा दोहोरो भिडन्त भएको छ। राजपाका कार्यकर्ताहरु मतदातालाई आफ्नो पक्षमा रिझाउन माछा बाँटदै हिँडेपछि काँग्रेस कार्यकर्ता र राजपा कार्यकर्ताबीच झडप भएको हो ।

राजपा नेपालका प्रतिनिधि सभाका सदस्य अनिल झा निकट कार्यकर्ताले धरमपुरमा ६ मा  मतदाताहरूलाई माछा बितरण गर्दा काँग्रेसका स्थानीय नेताहरूले बिरोध गर्दा झडपमा परिणत भएको थियो। झडपमा राजपाका बिसमबर यादवको खुट्टा र हातमा चोटपटक लागेको छ ।

झडप भएको ठाउँबाट प्रहरीले काँग्रेसका ३ जना कार्यकर्तालाई आफ्नो नियन्त्रणमा लिएको छ। पक्राउ परेका कार्यकर्तामा लालबाबु राय यादव, राजा यादव र अर्का एक हहेका छन् । 

मौन अवधिमा निर्वाचन आचारसंहिता विररोधी गतिविधि नगर्न निर्वाचन आयोगले सबै पक्षसँग आग्रह गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ