arrow

सेनाले ७ हेलिकप्टर किन्दै, तर किन ? 

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
army-chief-rajendra-chhetri.jpeg

काठमाडौं । सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ। विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति पाएको हो ।

सरकारले एउटै आर्थिक बर्षमा यतिधेरै जहाज खरिद गर्न लागेको पहिलो पटक हो ।

सैनिक मुख्यालयले थप २ वटा एम आई १७ हेलिकप्टर खरिदका लागि रक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।  

यी सबै हेलिकप्टर तथा जहाज सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानहनुसार ग्लोबल टेन्डरबाट किन्न लागिएको सेनाले जनाएको छ ।

कहाँबाट कति खरिद –

इटालियनः २ (१४ सिट)
इन्डोनेसियाः २ (ट्रेनर जहाज)
फ्रान्सः १ (फिक्स्ड विङ र कार्गो)
अमेरिकाः बेल (६ सिट) र इकुरेल (४ सिट) (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ