arrow

च्याम्पियन्स लिगमा को को विजयी ? को पुग्यो नकआउट चरणमा ? 

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
manu.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको मंगलबार रातिका खेलहरुमा उपाधिका दावेदार क्लवहरु बार्सिलोना, म्यानचेस्टर युनाइटेड, युभेन्टस र बायर्न म्युनिख विजयी भएका छन् ।

समुह ए को खेलमा इंगलिस क्लव म्यान्चेस्टरले रसियन क्लव सिएसकेए मस्कोलाई २–१ ले हरायो । रोमेलु लुकाकु र मार्कस रसफोर्डले गोल गर्दै म्यानचेस्टरलाई जिताए । 

यो समुहबाट स्विस क्लव एफसी बाजलले पोर्चुगिच क्लव बेनिफिकालाई २–० ले हरायो । 

समुह ए बाट म्यान्चेस्टर युनाइटेड र एफसी बाजल नकआउट चरणमा पुगेका छन् । 

समुह बी का खेलहरुमा जर्मन क्लव बायर्न म्युनिखले फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेनलाई ३–१  ले हरायो । 

त्यसैगरी बेल्जियन क्लव एन्डरलेच्टले स्कटिस क्लव सेल्टीकलाई १–० ले हरायो ।

यो समुहबाट पेरिस सेन्ट जर्मेन र बायर्न म्युनिख अर्को चरणमा प्रवेश गरे । पिएसजी समुह विजेता भएको हो । 

समुह सी का खेलहरुमा इटालियन क्लव एएस रोमाले अजरबैजानको क्लव काराबागलाई १–० ले हरायो । त्यस्तै इंगलिस क्लव चेल्सी र स्पेनिस क्लव एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेले ।

यो समुहबाट रोमा र चेल्सी अर्को चरणमा पुगे । 

यसैगरी समुह डी का खेलहरुमा स्पेनिस क्लव बार्सीलोनाले पोर्चुगिच क्लव स्पोर्टिङलाई २–० ले हरायो । 

त्यस्तै इटालियन क्लव युभेन्टसले ग्रिसको ओलम्पियाकोसलाई २–० ले नै हरायो । यो समुहबाट बार्सीलोना र युभेन्टस नक आउट चरणमा प्रवेश गरेका छन् ।

बुधबार राति पनि समुह इदेखि एचसम्मका आठ खेल हुँदैछन् । 

समुह इ बाट लिभरपुल र स्पार्ताक मस्को तथा मारिबोर र सेभिल्ला, समुह एफबाट फेयनुर्ड र नापोली तथा सक्तर दोनेस्क र म्यानचेस्टर सिटी, समुह जीबाट एफसी पोर्टो र मोनाको तथा लेप्जिग र बेसिक्टास, समुह एचबाट रियाल मड्रिड र बोरुसिया तथा टोटनह्याम र निकोसिया भिड्दै छन् । 

 

Vitinho's effort at the end of the first half hit the unaware Alan Dzagoev in the back to hand CSKA Moscow a shock leadTwo minutes later United led when Marcus Rashford slotted in left footed from an angle to end his recent goal drought

Luke Shaw was handed his first Manchester United start in 219 days as the left back aims to impress Jose Mourinho

Dzagoev deflected a Vitinho shot into the Manchester United net from a seemingly offside position but the goal stood

 

Chelsea went level against Atletico Madrid when Eden Hazard's shot was turned past Jan Oblak by team-mate Stefan Savic

The central defender tried to clear Hazard's left-footed effort but could only watch as the ball went into the Atletico goal

Saul Niguez's header gave Atletico Madrid a chance of qualifying for the Champions League knockout stagesCorentin Tolisso celebrates after scoring his second and Bayern Munich's third as they beat Paris Saint-Germain in Munich

 

The former Lyon man had earlier scored to make it 2-0 to the hosts as the German champions showed their European prowess

Kylian Mbappe headed home from Edinson Cavani's wonderful flick to briefly give the French side some hopeLewandowski was on hand to turn home from close range after Kingley Coman found the striker unmarked in the box

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ