arrow

विना मगरका कार्यकर्ताले गाउँ पसेर बाँडे पैसा, रोक्न खोज्दा कुटे तरुण कार्यकर्ता

logo
दिपेन्द्र बस्नेत,
प्रकाशित २०७४ मंसिर २० बुधबार
binamagar.jpg

कञ्चनपुर। मंगलबार राती कम्युनिष्ट गठवन्धनका कार्यकर्ताले आक्रमण गर्दा तरुण दलका २ जना कार्यकर्ता घाइते भएका छन्। 

निर्वाचन आचार संहिताको विरुद्ध गएर मौन अबधिमा मतदातालाई पैसा बाँड्न गएका कम्युनिष्ट कार्यकर्तासंग मंगलबार राती आक्रमण गर्दा क्षेत्र नम्वर १ को बेलडाँडी गाउँपालिका ५ मा तरुण दलका सचिब सहित २ जना घाइते भएका हुन् ।

मौन अबधीको बिरुद्ध मतदातालाइ पैसा बाँड्न गएका कम्युनिष्ट गठबन्धनका कार्यकर्तालाई आचारसंहिता विरोधी गतिविधि नगर्न आग्रह गर्दा उनीहरुले एक्कासी आक्रमण गरेको नेपाली काँग्रेस जिल्ला सदस्य जनकसिह धामीले बताए ।

मंगलबार राती साँढे १० बजे तिर गरिएको आक्रमणमा तरुण दलका बेल्डाँडी गाउँपालिका सचिब सचिन कठायत र तरुल दलका सदस्य जयराज भट्ट घाइते भएका छन् । 

घाइते दुबै जनाको कैलालीस्थित सेती अञ्चल अस्पतालमा उपचार भैरहेको धामीले जानकारी दिए। 

यस क्षेत्रमा प्रचण्डकी वुहारी विना मगर उमेद्वार छिन्। पतिको मृत्युपछि काजकिरियामा नबसेपनि मतदातामाझ भने सेतो वस्त्र लगाएर विना मत माग्न पुग्दै गरेकी भेटिन्छिन भने कार्यकर्ताहरु भने गाउँगाउँमा राती पैसा बाड्न पुग्ने गरेको आरोप स्थानिय अन्य दलका कार्यकर्ताको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ