arrow

ललितपुरमा निर्वाचनको सबै तयारी पूरा

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
election.JPG

ललितपुर । जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएको छ । सुरक्षाकर्मी र निर्वाचनमा खटिने कर्मचारी सबै मतदानमा आवश्यक सामग्री लिएर सम्बन्धित स्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ । 

एक सय ३१ मतदानस्थलमा नै कर्मचारी पुगिसकेको कार्यालयका प्रमुख सीता साम्बाले बताइन् । एक मतदान केन्द्रमा १० देखि १२ जना कर्मचारी खटिनेछन् । जिल्लाभरका २७७ मतदान केन्द्रमा तीन हजार एक सय कर्मचारी खटिएका छन् । मतदानमा खटिने कर्मचारीलाई विभिन्न तहका तालीम सञ्चालन भएको थियो । उनले भनिन्, “मतदाता शिक्षाका लागि स्वयंसेवकलाई तालीम दिएर कार्यालयले वडापिच्छे खटाइएको छ ।” 

जिल्लभरमा दुई लाख २८ हजार तीन सय ३८ मतदाता छन् । जिल्लामा प्रतिनिधिसभामा तीन र प्रदेशसभामा छ क्षेत्र छन् । सबैभन्दा बढी क्षेत्र नं ३ मा ८६ हजार चार सय ३९ र सबैभन्दा कम क्षेत्र नं १ मा ६५ हजार ९१८ मतदाता छन् । क्षेत्र नं २ मा ७५ हजार ९८१ मतदाता छन् । 

सुरक्षा व्यवस्था मजबुत 

बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाभरिको सुरक्षा व्यवस्था मजबुत रहेको प्रजिअ महादेव पन्थीले बताए। “विशेषगरी मतदान केन्द्रीकृत सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ”, उनले भने, “सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको उपस्थिति बलियो छ, भोलि हुने मतदानमा ढुक्कसाथ मत खसाल्न म मतदाताहरुलाई आग्रह गर्छु ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ