arrow

चुनावको निरीक्षण गर्न आएका जापानी उपमन्त्रीले राष्ट्रपति भेटे

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
Bidhya-Bhandari-naya-news.jpg.jpeg

काठमाडौँ । चुनावको अवलोकन गर्न नेपाल आएका जापानी विदेश मन्त्रालयका संसदीय उपमन्त्री आइओ होरीले राष्ट्रपतिसँग भेट गरेका छन् ।

होरीको  प्रतिनिधिमण्डलले वुधबार अपराह्न शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको हो । भेटका क्रममा नेपाल–जापान सम्बन्धका साथै आपसी हितका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र नेपाल सरकारका उच्च अधिकारी सहभागि भए । उपमन्त्री होरी विहिबार हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको निरीक्षण गरेर शुक्रबार स्वदेश फर्किने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ