arrow

आइसीसी विश्व क्रिकेट लिग : नेपाल युएईसँग ७ विकेटले स्तब्ध

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
nepali_team.JPG

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स युएईसँग ७ विकेटले पराजित भएको छ ।

युएईको आबुधाबीस्थित शेख जायद रंगशालामा भएको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको हो । दुई सय २२ रनको सामान्य चुनौती युएईले ४५ ओभर ५ बलमै ३ विकेटको पार गर्न सक्यो । नेपालका लागि शरद भेषावकर र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

युएईका लागि गुलाम सब्बेरले अविजित रहँदै ८१ तथा कप्तान रोहन मुस्तफाले ६२ रन जोडे । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय २१ रन जोडेको थियो । शरद भेषावकरले ९५ बलमा अविजित रहँदै ८१ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ८३ बलमा ५४ रन जोडे ।

खराब लयबाट गुज्रिएका नेपाल र युएई यसअघि नै च्याम्पियनसिपबाट दोस्रो डिभिजनमा घटुवा भएका छन् । याे खेल दुवैका लागि प्रतिष्ठा मात्रै बनेको छ । यी दुईबीचेको अन्तिम तथा दोस्रो खेल शुक्रबार हुनेछ ।

यस्तै, अब नेपाल र युएईले दोस्रो डिभिजनमा घटुवा भएको अर्को टोली नामिबियासँग उसैको घरेलु मैदानमा आउँदो फेबु्रअरीमा हुने डिभिजन–२ प्रतियोगिता खेल्नेछन् । त्यो खेलको फाइनल पुग्ने दुई टोलीले विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ