arrow

निर्वाचनको दिन बिहीबार कुन कुन सवारी चल्न पाउँछन् ?

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
moha_release.JPG

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणमा हुने निर्वाचन बिहीबार हुँदैछ । मुलुकका विभिन्न ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको निर्वाचनमाको दिन राती १२ बजेदेखि साँझ ७ बजेसम्मको लागि तोकिएको बाहेक अरु सवारी नचलाउन गृह मन्त्रालयले सूचना जारी गरेको छ । मतदानलाई प्रभावित बनाउने गतिविधि हुनसक्ने तर्फ ध्यान केन्द्रीत गर्दै सरकारले यस्तो सूचना जारी गरेको हो । 

गृहमन्त्रालयका अनुसार सो समयभित्र एम्बुलेन्स, खानेपानी ट्यांकर, दूध ढुवानी गर्ने सवारी, दमकल, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा बाहेकका कुनैपनि सवारी सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ 

निर्वाचन प्रयोजनका लागि पास लिईएका सवारी साधनलाई भने प्रतिबन्ध नलगाईएको मन्त्रालयले जनाएको छ । निर्वाचन हुने जिल्लाहुँदै अन्यत्र जाने सवारी समेत प्रभावित हुनसक्ने भएकोले कतै जानुपर्ने यात्रुहरुलाई राती १२ बजेभन्दा अगाडि नै यात्रा गरिसक्न पनि गृह मन्त्रालयले आग्रह गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ