arrow

ओखलढुंगामा प्रदेश तथा प्रतिनिधि सभाको मतगणनाको अन्तिम तयारी

logo
जीवन शर्मा,
प्रकाशित २०७४ मंसिर २० बुधबार
okhaldhunga.png

ओखलढुंगा ।  ओखलढुंगामा बिहिबार साझ ५ बजेदेखि मतगणना सुरु हुने भएको छ । बुधबार जिल्ला समन्य समितिको कार्यलयमा बसेको सर्बदलिय बैठकले न्युनतम २ वटा वडाको मतपत्र एकै ठाउँ मिसाएर गणना गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले तोकेको मतगणना निर्देशिका भित्र रहेर प्रदेश तथा प्रतिनिधि सभाको छुट्टा छुट्टै मत गन्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए । प्रतिनिधि सभाको जिल्ला समन्वय समितिको ठुलो हलमा र प्रदेश सभाको समन्वय समितिका सभापतिको कोठामा मत गणना गर्ने निर्णय भएको बताइएको छ । प्रतिनिधि सभाको मत गणना एकै हलमा दुई ठाउँबाट सुरु गर्ने भएकाले चाडै मत परिणाम आउने मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ ।

त्यस्तै नेपाली कांग्रेस ओखलढुंगाले निर्वाचनको समयमा राखिएका प्रचारका सामग्रीहरु हटाएको छ । जिल्ला सदरमुकामका विभिन्न स्थानमा टासीएका पर्चा, तुल व्यानर, पोष्टर लगायतका प्रचार सामग्रीहरु हटाएको हो । राजनीतिक दलहरुले आ आफ्नो प्रचार सामग्रीलाई आफैले हटाउने सर्बदलिय बैठकको निर्णय अनुसार नेपाली कांग्रेसले बुधवार बजार क्षेत्रमा टासीएका प्रचार सामग्रीहरु हटाइएको जिल्ला सचिव रुद्र प्रसाद अधिकारीले बताए ।

 निर्वाचन आचार संहिता अनुसार चुनावपछि प्रचार सामग्री हटाउनु पर्ने व्यवस्था लाई कार्यान्वयन गर्दै कांग्रेसले प्रचार  सामग्री हटाएको अधिकारीले जानकारी दिए । जिल्लाका सबै गाउँ तथा बजार क्षेत्रमा प्रचारका लागि प्रयोग गरिएका निर्वाचन सामग्रीहरु ती दिन भित्र हटाइसक्ने नेपाली कांग्रेस ओखलढुंगाका प्रबक्त राजकुमार ढुंगानाले बताए ।  

अन्य राजनीतिक दलहरु चुनावी नतिजा आइसकेपछि मात्र आफुले राखेका प्रचार सामग्री हटाउने बताएपनि कांग्रेसले सफइ अभियान सुरु गरेसंगै बाम गठबन्धन लगायत अन्य दलहरुलाई समेत प्रचार सामग्री हटाउन बाध्यता तुल्याएको छ । कांग्रेसको बजार सफइ तथा प्रचार सामग्री हटाउने अभियान लाई म्यादी प्रहरीहरुले सहयोग गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक अर्जुन तिमल्सीनाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ