arrow

पैसा बाड्दै गर्दा एमालेका कर्ण थापा अछाममा समातिए, आक्रोशित समूहद्धारा गाडीमा आगजनी  

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
achham_new.png

अछाम । पूर्व मन्त्री तथा प्रदेश सभामा बाजुरा जिल्लाबाट कम्युनिष्ट गठबन्धनको उम्मेद्वार बनेका एमालेका नेता कर्ण थापालाई निर्वाचन आचारसंहिता मिचेर छिमेकी जिल्ला अछाममा रकम बाड्न थालेको अवस्थामा स्थानीयहरुले समातेर राखेका छन् ।
 
बाजुराका प्रदेश सभा उम्मेद्वार थापा बुघबार अछामको जयगढ भन्ने स्थानमा पैसा बाड्दै गर्दा स्थानीयले भेटपछि भनाभन भएको थियो । निर्वाचनको मौन अवधिमा छिमेकी जिल्लामा पुगेर पैसा बाड्न थालेका थापाबाट स्थानीयहरुले ७ लाख रुपैया बरामद गरेका थिए ।
 
उनी सो स्थानमा पैसा लिएर आउने थाहापाएका स्थानीय बासिन्दाहरुले उनको निगरानी गरेको बताइन्छ ।

आफू उम्मेद्वार भएको जिल्लाको मतपेटिकाको रक्षा र मतगणनाको प्रबन्धलाई अलपत्र छाडेर मौन अवधिमा छिमेकी जिल्लाका बासिन्दालाई किन्न आएको आरोप लगाएपछि उनी उत्तेजित भएका थिए ।
 
निर्वाचन आचारसंहिताको उल्लंघन पनि आफै गर्ने र उल्टो स्थानीयवासीलाई तथानाम गालि गर्न थालेपछि उत्तेजित भएको भीडले उनको गाडी तोडफोड गर्दै आगजनी समेत गरेको थियो ।
 
अछाममा एमालेका भीमबहादुर रावल र यज्ञबहादुर बोगटीको अवस्था नाजुक भएपछि केन्द्रीय निर्देशनमा पूर्व मन्त्री थापा रकमको बन्दोवस्त गरी विभिन्न गाँउमा पैसा वितरण गर्न गएको बताइन्छ ।
 
अछाममा नेपाली कांग्रेसको अवस्था अहिले राम्रो छ । निरन्तर लामोसमयसम्म जित्दा पनि रावलले जिल्लाको विकास निर्माणमा खासै  ध्यान नदिएपछि उनीसंग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका उम्मेद्वार भरतकुमार स्वार र बोगटीको विरुद्धमा उठेका पुष्करबहादुर शाहको अवस्था निकै राम्रो रहेको छ ।
 
निर्वाचन हारिने भएकोले मतदाता किन्न दुवै उम्मेद्वारले छिमेकमा रहेका थापालाई हारगुहार गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ