arrow

महिला कर्मचारीलाई पाल्पाका २ मतदान केन्द्रको जिम्मा

logo
सिता डोटेल ।
प्रकाशित २०७४ मंसिर २० बुधबार
Palpa_District.png

पाल्पा । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पाल्पाका २ वटा मतदान केन्द्र महिला कर्मचारीलाई जिम्मा दिइएको छ । 

निर्वाचन कार्यालयले जिल्लाका महत्वपुर्ण २ वटा मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाएको हो । 

मतदान केन्द्रका मतदान अधिकृत, कर्मचारी र स्वयंसेवक सबैजना महिला रहेका छन् । 

२ वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा २ वटै क्षेत्रमा एक÷एक वटा मतदान केन्द्र महिलाको जिम्मा लगाइएको हो। 

जिल्लाको १ नम्बर क्षेत्रमा पर्ने शारदा माबि मदनपोखरा र क्षेत्र नम्बर २ को मोहन कन्या माबिको मतदान केन्द्रमा महिला निर्वाचन कमाण्डर खटाएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ