arrow

१५ हजार ३ सय ४४ मतदान केन्द्र, कहाँ कति ? 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
matadan-kendra.JPG

काठमाडौं । ४५ जिल्लामा बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा १५ हजार ३ सय ४४ मतदान केन्द्र रहेका छन् । यी केन्द्रमा भोट हाल्ने मतदाताको संख्या एक करोड २२ लाख ३५ हजार ९ सय ३५ छ ।

 प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९ सय ३५ मतदाताले मताधिकार प्रयोग गर्न पाउनेछन् ।

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी मतदान केन्द्र मोरङमा छन् । निर्वाचन आयोगका अनुसार मोरङमा ७ सय ५८ मतदान केन्द्र छन् । 

मोरङमा २ सय ५१ देखि ५ सय सम्म मतदाता रहेका मतदान केन्द्र ३ वटा, ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका मतदान केन्द्र १ सय ५७ वटा र ७ सय ५१ देखि एक हजार ६४ सम्म मतदाता रहेका मतदान केन्द्र ५ सय ९८ वटा छन् ।

बढी मतदान केन्द्र रहेको दोस्रो जिल्ला काठमाडौं हो । काठमाडौंमा ७ सय ३१ मतदान केन्द्र छन् । काठमाडौंमा २ सय ५१ देखि ५ सयसम्म मतदाता रहेका मतदान केन्द्र ३ वटा, ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका मतदान केन्द्र १ सय ९३ वटा र ७ सय ५१ देखि एक हजार ६४ सम्म मतदाता रहेका मतदान केन्द्र ५ सय ३५ वटा छन् ।

काठमाडौंपछि सबैभन्दा बढी मतदान केन्द्र क्रमशः झापा, रुपन्देही, धनुषा, कैलाली, सुनसरी, सर्लाही, सप्तरी र बारा हुन् । झापामा ६ सय ९२ वटा मतदान केन्द्र राखिएको छ । 

झापामा २ सय ५१ देखि ५ सयसम्म मतदाता रहेका मतदान केन्द्र २ वटा, ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका मतदान केन्द्र १ सय ८० वटा र ७ सय ५१ देखि एक हजार ६४ सम्म मतदाता रहेका मतदान केन्द्र ५ सय १० वटा छन् ।

रुपन्देहीमा ५ सय ९८ वटा मतदान केन्द्र छन् । रुपन्देहीमा ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका मतदान केन्द्र ८० वटा र ७ सय ५१ देखि एक हजार ६४ सम्म मतदाता रहेका मतदान केन्द्र ५ सय १८ वटा छन् । 

यस्तै, धनुषामा ५ सय ४८ वटा मतदान केन्द्र राखिएको छ । यीमध्ये २ सय ५० सम्म मतदाता रहेको मतदान केन्द्र एक, २ सय ५१ देखि ५ सय सम्म मतदाता रहेका १७, ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका ३ सय र ७ सय ५१ देखि एक हजार ६४ सम्म मतदाता रहेका मतदान केन्द्र २ सय ३१ छन् ।

निर्वाचन आयोगका अनुसार कैलालीमा ५ सय ३८, सुनसरीमा ५ सय २७, सर्लाहीमा ५ सय १६, सप्तरीमा ४ सय ७८ र बारामा ४ सय ७५ मतदान केन्द्र छन् ।

सबैभन्दा कम मतदान केन्द्र भने तेह्रथुममा रहेका छन् । तेह्रथुममा ८९ वटा मतदान केन्द्र छन् । यहाँ २ सय ५१ देखि ५ सय सम्म मतदाता रहेका १, ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका ४९ र ७ सय ५१ देखि एक हजार ६४ सम्म मतदाता रहेका मतदान केन्द्र ३९ छन् ।

तेह्रथुमपछि कम मतदान केन्द्र रहेका जिल्लामा क्रमशः डडेलधुरा, पर्वत, डोटी, अर्घाखाँची, सल्यान, दैलेख, प्युठान, भक्तपुर र गुल्मी छन् । डडेलधुरामा एक सय १७, पर्वतमा १ सय ३९, डोटीमा १ सय ५७, अर्घाखाँचीमा १ सय ७४, सल्यानमा १ सय ८०, दैलेख १ सय ९६, प्युठानमा २ सय, भक्तपुरमा २ सय ९ र गुल्मीमा २ सय ५१ मतदान केन्द्र तोकिएका छन् ।

मंसिर १० गते ३२ जिल्लामा सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ४ हजार ४ सय ६५ मतदान केन्द्र थिए । पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल मतदान केन्द्र १९ हजार ८ सय ९ वटा कायम गरिएको थियो ।

एउटै केन्द्रमा १० हजार ३ सय ३८ मतदाता

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी मतदाता मोरङ निर्वाचन क्षेत्र नम्बर ४ स्थित विराटनगर महानगरपालिका–३ को पुसेट क्याम्पस मतदान केन्द्रमा रहेका छन् । यो केन्द्रमा बिहीबार १० हजार ३ सय ३८ जनाले मत खसाल्नेछन् ।

पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी (पुसेट) मा रहेको मतदान केन्द्रमा मत खसाल्ने कुल मतदातामा ५ हजार २ सय २१ महिला र ५ हजार १ सय ५९ पुरुष छन् । 

सबैभन्दा बढी मतदाता रहेका प्रमुख १० मतदान केन्द्रमध्ये ५ वटा मोरङमा, ३ वटा सुनसरीमा र २ वटा झापामा छन् ।

पुसेट क्याम्पसपछि सबैभन्दा बढी मतदाता रहेको मतदान केन्द्र हो– सुनसरी निर्वाचन क्षेत्र नं।२ स्थित इटहरी उपमहानगरपालिका–३ मा रहेको ज्योति मावि। ज्योति मावि मतदान केन्द्रमा बिहीबार १० हजार ३९ जना मतदाताले मत खसाल्नेछन् । यहाँ मत खसाल्ने कुल मतदातामध्ये ५ हजार ३ सय ६२ जना महिला र ४ हजार ६ सय ७७ जना पुरुष छन् ।

तेस्रो धेरै मतदाता रहेको मतदान केन्द्र हो– मोरङ निर्वाचन क्षेत्र नं ६ स्थित विराटनगर महानगरपालिकामा पर्ने कञ्चनबाडी माध्यमिक विद्यालय । 

यहाँ ४ हजार ८ सय ३ महिला र ४ हजार ९ सय ५५ महिला गरी कुल ९ हजार ७ सय ५८ मतदाता छन् । मोरङ निर्वाचन क्षेत्र नं।६ स्थित विराटनगर महानगरपालिका–६ को  शिक्षा सदन माध्यमिक विद्यालय चौथो धेरै मतदाता रहेको केन्द्र हो । यो केन्द्रमा कुल ९ हजार ६ सय ३८ मतदाताले भोट खसाल्नेछन् ।

 शिक्षा सदन माध्यमिक विद्यालयपछि धेरै मतदाता रहेको केन्द्रमा इटहरी उपमहानगरपालिका–४ स्थित उपमहानगरपालिका कार्यालय, विराटनगर महानगरपालिका–११ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, सुनसरी निर्वाचन क्षेत्र नं १ को धरान उपमहानगरपालिका–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय, झापा निर्वाचन क्षेत्र नं २ को बिर्तामोड नगरपालिका–५ स्थित देवी माध्यमिक विद्यालय, झापा निर्वाचन क्षेत्र नं १ को बुद्धशान्ति गाउँपालिका–४ स्थित गणेश माध्यमिक विद्यालय र विराटनगर महानगरपालिका–८ स्थित सप्तकोसी बोर्डिङ स्कुल छन् ।

इटहरी उपमहानगरपालिका कार्यालयमा ८ हजार ८ सय ६२, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा ८ हजार ३ सय ३२, ज्ञानोदय माध्यमिक विद्यालयमा ८ हजार १ सय ८७, देवी माध्यमिक विद्यालयमा ८ हजार ४९, गणेश माध्यमिक विद्यालयमा ७ हजार ६ सय ९४ र सप्तकोसी बोर्डिङ स्कुल मतदान केन्द्रमा ७ हजार ५ सय ९७ जना मतदाताले आफ्नो मत खसाल्नेछन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ