arrow

कञ्चनपुरमा मतदान स्थल नजिकै बम

logo
ईश्वर दत्त बडू
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
bomb.jpeg.jpeg

कञ्चनपुर । मतदानकै दिन कञ्चनपुरको उत्तरी चुरे क्षेत्र बेदकोटमा बम फेला परेको छ । बिहीबार बिहान बेदकोट नगरपालिका जडेपानीमा बम फेला परेको हो । स्थानीयले बिहान शंस्कास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बैजनाथ माविको उत्तरतिर नजिकैको बस्तीमा बम फेला परेपछि स्थानीय त्रसित भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उक्त संस्कास्पद बस्तु डिस्पोट पार्नका लागि सेनाको टोली पठाईएको छ । उक्त क्षेत्रमा बम राखेपछि स्थानीय प्रशासनले शान्ति सुरक्षाको उच्च व्यवस्था गरेकाले मतदाताले मतदान गरिरहेका छन् । उक्त बमको अहिलेसम्म कसैले पनि जिम्मेबारी लिएको छैन् । घटना बारेमा छानबिन भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ