arrow

सिके राउत जनकपुरबाट पक्राउ, उनका कार्यकर्ता चोकचोकमा भेला 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
aaropi-ck-raut.jpeg

काठमाडौं । प्रहरीले सिके राउतलाई पक्राउ गरेको छ । जनकपुर स्थित आफ्नै निवासबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । 

उनलाई केही समय अघिघरबाट पक्राउ गरेर माछीबजार चोक हुँदै  लगिएको छ । माछिबजार चोक नजिकै भाडाको घरमा अहिले प्रहरी व्यापक मात्रामा खटाईएको छ । अहिले उनका कार्यकर्ताहरु माछि बजार चोकमा जम्मा भएका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख चक्रबहादुर सिंहले उनको पक्राउन पछि धनुषामा सुरक्षा व्यवस्था कडा बनाईएको प्रतिक्रिया दिए । उनी निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ