- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं महानगरपालिका वार्ड २८ मा पर्ने प्रज्ञा भवन मतदान केन्द्रमा जम्काभेट भएपछि रक्षा मन्त्री भीमसेनदास प्रधानले आफ्ना प्रतिपक्षी झक्कु सुवेदीलाई जयनेपाल भनेर सम्बोधन गरेका छन् । काठमाडौं क्षेत्र नं ६ का उमेदवार प्रधान र सुवेदीबीच मतदान गर्न जाँदा मतदान केन्द्रमा नै जम्काभेट भएको थियो।
नेपाली काँग्रेसबाट उमेदवार रहेका प्रधानले माओवादी केन्द्रका उमेदवार सुवेदीलाई भेट्दा जय नेपाल भन्दै हात समेत मिलाएका थिए । सुवेदी र प्रधानको भेट मा माओवादी केन्द्रका नेता हिमाल शर्मा समेत थिए । प्रधानले रोल्पा र काठमाडौबीचको प्रतिस्पर्धामा काठमाडौले जित्ने भन्दै काठमाडौँले जित्दा हिमाल खुशी हुने बताए ।