arrow

रमेश लेखकले बेदकोट नगरपालिकाको बैजनाथ माविमा गरे मतदान

सतक नाघेकी बृद्ध महिलाले गरिन् शुरुमै मतदान

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
ramesh_lekhak2.jpg

कञ्चनपुर । कञ्चनपुरमा पनि मतदान शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्धारित समयमै मतदान शुरु भएको हो । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशव सिह भण्डारीले तीनै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा मतदान शुरु भएको बताए । उनका अनुसार शान्तिपुर्ण तरिकाले मतदान भएको छ । कञ्चनपुरका नेपाली काँग्रेस र वामका उम्मेदवारले आफैले आफैलाई भोट हालेका छन् ।


 निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार  तथा काँग्रेसका केन्द्रिय सदस्य  रमेश लेखकले बेदकोट नगरपालिका–८ बैजनाथ मावि गैलनदीबाट मतदान गरेका छन् । काँग्रेसका तर्फबाट उम्मेदवार क्षेत्र नम्बर ३ बाट उमेदवार बनेका  लेखकले बेदकोट नगरपालिका–८ बैजनाथ मावि गैलनदीबाट विहान ८ बजे  मतदान गरेका हुन् ।

यसैगरी निर्वाचन क्षेत्र नम्बर २  प्रतिनिधी सभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार एनपी साउदले भीमदत्त नगरपालिका–२ सरस्वती मावि उल्टाखामबाट मतदान गरेका  छन् ।

यस्तै रमेश लेखका प्रतिस्पर्धी वामका उम्मेदवार डा. दिपक प्रकास भट्टले भीमदत्त नगरपालिका –४ शान्ति निकेतन मतदान केन्द्रबाट मतदान गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ वामका प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगरले पुर्नवास नगरपालिका–३ गोरख आधारभूत विद्यालयको मतदान केन्द्रबाट बोट हालेका छिन् । निर्वाचन क्षेत्र नम्बर २ वाम प्रतिनिधी सभा सदस्यका उम्मेदवार नर बहादुर धामीले बेदकोट नगरपालिका–४ बालज्योती बैतडा केन्द्रबाट मतदान गरेका छन् ।

यस्तै काँग्रेस बाम प्रदेशका उम्मेदवार, अन्य पार्टीका प्रतिनिधी र प्रदेशका उम्मेदवार सहित स्वतन्त्रले पनि आ–आफ्नो मतदान केन्द्रबाट आफैलाई भोट हालेका छन् । बिहानपख पानी आएपनि मतदाता भने निर्धारित समय भन्दा अघि नै मतदान स्थलमा पुगेका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालको महाकाली जनसेवा मावि मतदान केन्द्रबाट १०० बर्षका बृद्ध महिलाले शुरुमै मतदान गरेकी छन् । महाकाली जनसेवा माविका मतदान अधिकृत गणेश दत्त जोशीले शुरुमै उनले मतदान गरेको बताए । सबै मतदान केन्द्रमा जेष्ठ नागरिकको मतहाल्ने व्यवस्था गरिएको छ ।

कञ्चनपुरका ३ प्रतिनिधी सभा र ६ प्रदेश सभा सदस्यका लागि ६४ चुनावी मैदानमा उत्रेका थिए । अब आजकै दिन कञ्चनपुरका ९ नेताको भाग्य ब्यालेट भित्र हुने छ । १३२ निर्वाचन स्थलका ३२० मतदान केन्द्रमा २ हजार ५६० कर्मचारी खटिएका छन् । भने सबै निर्वाचन केन्द्रमा १ हजार २८० स्वमसेवक  खटिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले ढुक्क भएर मतदान गन आग्रह गरेको छ । ‘कञ्चनपुरका सबै मतदान स्थलमा निर्वाचनको पुर्ण तयारी भएको छ, ‘निर्वाचन अधिकारी भण्डारीले भने, ‘ढुक्क भएर मतदान गर्नुहोस ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रकास बहादुर चन्दले निर्वाचनलाई मध्य नजर गर्दै कञ्चनपुर प्रहरी र सबै सुरक्षा निकायको समन्वयमा जिल्लाको उच्च सुरक्षा व्यवस्था कडा पारिएको बताए मतदान स्थल लगायत मतदाताको सुरक्षाका लागि समेत प्रहरीले मोवाईल टोली मार्फत सुरक्षा प्रदान गरिरहेको उनले बताए ।

निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार १ लाख ३६ हजार ४५१ महिला र १ लाख, २८ हजार ५२३ पुरुष गरि कुल कञ्चनपुरमा जम्मा २ लाख, ६४हजार ९७५ मतदाता छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ