arrow

सबैभन्दा धेरै मतदाता रहेको मोरङमा के छ निर्वाचन अवस्था ?

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार

विराटनगर । दोश्रो चरण अन्तर्गत देशकै सबैभन्दाबढी मतदाता र मतदान केन्द्र रहेको मोरङ जिल्लामा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन विहान ७ बजेदेखि शान्तीपूर्ण रुपमा सुरु भएको छ । मोरङ जिल्लाका प्रतिनिधिसभाका ६ वटा र प्रदेससभाका १२ वटा स्थानका लागी भइरहेको निर्वाचनका मतदान केन्द्रहरुमा मतदाताहरुको उल्लेखनिय  सहभागीता रहेको छ । मतदाताहरु मतदान गर्न   उत्साहका साथ मतदान केन्द्रहरुमा आइरहेका छन् । 

मोरङका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार विहान १० वजेसम्म सबै निर्वाचन क्षेत्रमा करिब २२ प्रतिशत मत खसेको छ । जिल्लाका सवै मतदान स्थल र मतदान केन्द्रमा शान्तीपुर्ण रुपमा मतदान भइरहेको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

देशकै सबै भन्दावढी ७ सय ५८ मतदान केन्द्र रहेको मोरङमा ६ लाख ४४ हजार ७ सय ८२ मतदाताहरुले मतदान गर्दैछन् । त्यस्तै विराटनगर महानगरपालीका ३ स्थित पुसेट क्याम्पस मतदान स्थलमा देशकै सबैभन्दा बढी १० हजार ३ सय ३८ मतदाताले मतदान गरिरहेका छन् । 

यहाँ निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । मोरङमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गराउन ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  मोरङमा निर्वाचन सम्पन्न गराउन ६ हजार ६४ जना कर्मचारी परिचालन गरिएको छ भने करिब २ हजार जना स्वयंसेवक खटाइएको जनाइएको छ । 

त्यस्तै विहानैदेखि सुरु भएको मतदान कार्यमा मोरङ जिल्लाका पार्टिका नेता तथा उमेदवारहरुले विभिन्न मतदान केन्द्रवाट मतदान गरेका छन । त्यस्तै, कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री महेश आचार्यले विराटनगर–२ स्थित जनता उच्च मावीको मतदानकेन्द्रवाट मतदान गरेका छन् । उनी मोरङ क्षेत्र नम्वर ४ का प्रतिनिधिसभाका उमेदवार समेत हुन् । एमालेका पोलिटव्यूरो सदस्य एंव पूर्वमन्त्री लालवावु पण्डितले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस मतदान केन्द्रवाट मतदान गरेका छन् ।

उनले मोरङ क्षेत्र नम्वर ६ का प्रतिनिधिसभाका उम्मेदवार हुन् । त्यस्तै, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव क्षेत्र नम्वर ६ का प्रतिनिधीसभा उमेदवार डा. शेखर कोइरालाले आदर्श उच्च मा.वि. मतदान केन्द्रवाट मतदान गरेका छन् । त्यस्तै माओवादी केन्द्रका सचिवालय सदस्य एंव विना विभागीय मन्त्री शिवकुमार मण्डलले सुनवर्सी नगरपालिका ६ स्थित केरन्जा मतदान केन्द्रवाट मतदान गरेका छन् । उनी क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेद्वार छन् ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य एंव मोरङ क्षेत्र न ५ का प्रतिनिधीसभा उमेदवार अमृत आर्यालले भानु प्रा.वि सन्सारी माइस्थान मतदान केन्द्रवाट मतदान गरेका छन् । 

त्यस्तै, सोही मतदान केन्द्रबाट एमालेका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नंम्बर ४ को प्रदेशसभा (ख) का उम्मेद्वार जीवन घिमिरेले मतदान गरेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ