arrow

३७ मोटरसाइकल र ७ गाडी नियन्त्रणमा

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
banda.JPG.jpeg

चितवन ।  जिल्लामा अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार जिल्लाभरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सवारीसाधन एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्को प्रयोजनमा प्रयोग गरिएको उनले बताए ।

जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध राम्रो भएको भन्दै उनले सहज रुपमा मतदान भइरहेको बताए । प्रहरीले पूर्वी चितवनबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । हालसम्म निर्वाचन विरोधी गतिविधि गर्ने २८ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरु बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ