arrow

बाजुरामा ५ बजेदेखि मतगणना, जिससमा तीनवटा मतगणना स्थल

logo
दयाराम पण्डित,
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
matgadana1.jpg

बाजुरा । मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना बिहीवार बेलुकी पाँच बजेबाट सुरु गरिनेछ । मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार जिल्ला समन्वय समिति बाजुराको समीक्षालय, बैठककक्ष र समन्वय समितिका संयोजकको कार्यकक्ष गरी तीन वटै स्थलमा एकै साथ मत गणना हुन भएको । 

पहिलो निर्वाचित हुने प्रतिनिधि सभा, प्रदेश सभा एक र दुई गरी तीन ओटै प्रतिनीधिको एक साथ मतगण्ना हुनेछ । त्यसका लागि आबश्यक सुरक्षा सहित  स्थल व्यवस्थापनको सम्पूर्ण तयारी भईसकेको छ । विहान सर्वदलीय बैठक बसेर निर्वाचन आचारसंहिता सहित सामान्य जानकारी गराई दलहरु सहमत भएका छन् ।

कुनै अवरोध नआए बेलुकी पाँचबजेवाट गणना सुरु हुनेछ । मत परिणाम सुन्न सदरमुकाम मातृर्डीमा बाक्लो उपस्थिती भईरहेको छ । होटेलपसल रिर्जव छन् । कस्ले बाजी मार्लान् ? होटेलपसल चोकमा चियागफ भईरहेका छन् । यता जिल्लाको सुरक्षा ब्यबस्था तैनाथ गरेको सुरक्षा निकायका प्रमुख लुकवहादुर क्षेत्रीले बताएका छन् । बाजुरामा ५२ हजार नौ सय ४९ मत खसेका थिए  । ६९ हजार आठ सय ३४ मतदाता संख्या रहेको छ । गएको निर्वाचनमा करिब ७६प्रतिशत मत खसेको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ