arrow

दङ्गदास देउवा : ‘मेरो सपना पूरा भयो’

काठमाडौं फर्किनेवित्तिकै ७ वटै प्रदेशका राजधानी तोक्छु

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
deuba_Vo.jpg

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सपना पूरा भएको बताएका छन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत खसालेपछि देउवाले आफ्नो सपना पूरा भएको बताएका हुन् ।

उनले भने, ‘संविधान कार्यान्वयनको महत्वपूर्ण खड्किलो निर्वाचन सम्पन्न गर्ने मेरो सपना थियो । त्यो पूरा भयो । आज म अत्यन्तै खुसी छु । मैले हाल हालेको काम सफलतापूर्वक सम्पन्न भयो ।’ अब संविधान कार्यान्वयनलाई कसैले रोक्न सक्दैन ।

देउवाले आफ्नो जन्मस्थलबाटै अब देश समृद्धितर्फ मोडिएको र नेपाली जनताका सुखका दिन फर्किएको समेत बताए ।  

देउवाले धर्मपत्नी आरजुकासाथ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा रहेको असिग्राम उच्च माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गरे । कठ्याङ्ग्रीदो जाडोमा विहानै मतदानस्थल पुग्न नसकेका देउवा सवा १० बजेपछि मात्रै मत खसाल्न गन्यापधुरा पुगे ।
काँग्रेस सभापतिसमेत रहेका देउवाले काँग्रेसकै नेतृत्वमा सरकार बन्ने जिकिर समेत गरे ।

उनले भने, ‘काँग्रेसको बहुमत आउनेमा म ढुक्क छु । र, मैले पाएको ऐतिहासिक जिम्मेवारी पूरा गरेको छुँ ।’ यो ऐतिहासिक जिम्मेवारी मैले निर्वाह गर्न पाए । मैले आफुलाई सौभाग्यशाली ठानेको छु ।’

चुनाव विथोल्ने तत्वहरुलाई जनताले मतदानबाटै परास्त पारेको प्रतिक्रिया देउवाले दिएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष समेत गर्न भ्याए । हाँस्दै उनले भने, ‘चुनाव सर्दै छ भन्नेहरुको मुख थुनिएको छ । ओलीजीले त भोट हालिसकेपछि पनि चुनाव सर्छ भन्न बेर छैन ।’

प्रदेश नम्बर ७ मा काँग्रेसको सबैभन्दा राम्रो पकड भएको बताउँदै देउवाले सात नम्बर प्रदेशमा काँग्रेसकै सरकार बन्ने बताए । देउवले काठमाडौं फर्किने बित्तिकै सातवटै प्रदेशको प्रमुख नियुक्तिको काम गघि बढाउने र राजधानी पनि तोक्ने देउवाले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ