arrow

मनाङमा ५ बजेदेखि मतगणना, बिहीबार नै गनिसक्ने प्रयास 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
matgadana.jpg

काठमाडौं । मनाङमा साँझ ५ बजेदेखि मतगणना सुरु हुने भएको छ । स्थानीय तहको पहिलो चरणमा गत मंसिर १० गते भएको निर्वाचनको मतगणनाको सबै पूर्व तयारी सकिईसकेकोले साँझ ५ बज्नेवित्तिकै मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकारी दिपक ढकालले जानकारी दिए । 

मुलुकको सबैभन्दा कम मतदाता रहेको जिल्लाका रुपमा चिनिने मनाङमा यसपाली कूल ५८ सय ८१ मतदाता रहेकोमा कूल ४३ सय ८७ मत खसेको थियो । ढकालका अनुसार साँझ ५ बजेबाट मतगणना सुरु गर्दा कुनै अवरोध भएन भने राती १२ बजेभन्दा अगाडि नै मत परिणाम सार्वजनिक गर्ने तयारी भईरहेको छ । 

यहाँ प्रतिनिधि सभा सदस्यको लागि काँग्रेस र एमालेले मात्रै उम्मेदवारी दिएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ