arrow

काठमाडौंको मतगणना कहाँ कहाँ हुँदैछ ?

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
matgadana.jpg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन जारी छ । बिहीबार साँझ ५ बजेसम्म मतदानको समय सकिएपछि सबै मतदान केन्द्रबाट मतपेटिका ल्याएपछि मतगणना सुरु हुने भएको छ । 

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मत गणना पनि मत पेटिका ल्याईसकेपछि सर्वदलीय बैठक बसेर सुरु गर्ने मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ । काठमाडौंका १० क्षेत्रको निर्वाचन मतगणना ५ स्थाबाट गरिने भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार काठमाडौंका निर्वाचन क्षेत्र नं। १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा प्रदर्शनी मार्गमा हुने भएको छ । त्यस्तै, काठमाडौं निर्वाचन क्षेत्र नं ५ र ७ को मतगणना सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा गरिने भएको छ । 

उता, जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा काठमाडौं निर्वाचन क्षेत्र नं ६ मतगणना हुने भएको छ । क्षेत्र नं ८ को मत गणना भनेको वन परिसर बबरमहलमा र काठमाडौं क्षेत्र नं ९ र १० को अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ