बाबुराम र नारायणकाजीको भाग्यको पोको खोलियो 

प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार , १२,४५३ पटक हेरिएको
तस्वीर : वेव

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो चरणमा भएको चुनावको सबैलाई चासो बढेको क्षेत्र हो गोरखा २ । जिल्लाको दोस्रो निर्वाचन क्षेत्रमा हेवी वेट मात्रै नभएर यही क्षेत्रको कुरा नमिल्दा बाम गठबन्धन छाडेर स्वतन्त्र रुपमा चुनावमा गएका बाबुराम भट्टराई र बरु बाबुरामलाई गठबन्धनबाट निकालेरै भएपनि आफू सोही क्षेत्रबाट चुनाव लड्ने अठोट गरेका नारायणकाजी श्रेष्ठबीचको प्रतिस्पर्धा हुँदैछ । 

यहाँ अहिले निर्वाचनको मतगणनाको लागि खोलिएको मुचुल्कालाई यी दुई नेताको भाग्यको पोको भनेर विश्लेषण गर्ने गरिएको छ । यो नतिजासँगै यी दुई नेताहरुको भाग्य फैसला र जनमत फैसला हुने भएकोले पनि यो क्षेत्रमा धेरैको चासो देखिएको छ । गोरखा निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत एक नारायण लम्सालले मुचुल्का खोलिसकिएको जानकारी दिए । 
 

नयाँ