arrow

२६ क्रियापुत्रीले गरे मतदान

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
kiriya.jpg

तुलसीपुर, दाङ । बिहिवार भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दाङ क्षेत्र नं ३ मा तीन घरका २६ किरियापुत्रीले मतदान गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१२ मावि हरिपौरी मतदान केन्द्रबाट नेकपा(एमाले) दाङका उपाध्यक्षसमेत रहेका हुकुमबहादुर बस्नेतसहित उनको घरमा किरिया बसेका आठ जनाले मतदान गरेका छन् ।  

सोही मतदान केन्द्रबाट उपमहानगरपालिका–१२ का अम्मर डाँगीसहित उनको सात जनाको परिवारले मतदान गरेका छन् ।  उनिहरु आफ्नी आमाको किरिया बसेका छन् । त्यस्तै उपमहानगरपालिका–९ दोघरेका रुपलाल नेपालीको किरिया बसेका उनको परिवारका ११ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ