arrow

सीके राउतको गाउँमा एक मत पनि खसेन, कर्मचारी खाली पेटीका लिएर फर्किए

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
saptari-district.png

सप्तरी । स्वतन्त्र मधेसको अभियान चलाउँदै आएका सीके राउतको गाउँमा शून्य मतदान भएको छ । उनको पूरै गाउँले मतदान नै बहिस्कार गरेको हो ।

सप्तरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को (१)मा पर्ने महादेवा गाउँपालिका –२ को आधारभूत विद्यालयको मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारीहरु विहान ७ बजेदेखि पाँच बजेसम्म मतदान केन्द्र रुङेर बसेपनि कोही मत हाल्न आएनन् । पछि उनीहरु उठेर खालीहात हिड्नु परेको छ ।

जहाँ ९ सय ६० मतदाता थिए । उनीहरुले आफूहरुलाई यो संविधान मान्य नभएको भन्दै मतदान बहिस्कार गरेका हुन् । जनु विद्यालयमा बुथ राखिएको थियो । सीके राउतले सानोमा त्यही विद्यालय पढेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ