arrow

दाेस्राे चरणमा ६७ प्रतिशत मत खस्यो, गुल्मीमा ७१ प्रतिशत

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
pratinidhi_and_pradesh.png

काठमाडौं । निर्वाचन आयोगले  दोस्रो चरणमा ४५ जिल्लामा भएकाे प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६७ प्रतिशत बढी मत खसेको जनाएको छ ।

दोस्रो चरणको मतदान सकिएपछि आयोगमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले दाेस्राे चरणम ६७ प्रतिशत बढी मत खसेको बताए । पहिलो चरणमा म‌ंसिर १० गते भएको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो ।

उनले भने, ‘दोस्रो चरणको सबै ठाउँको विवरण आइनसकेकाले केही प्रतिशत बढ्न सक्छ ।’ दोस्रो चरणमा सबै भन्दा बढी गुल्मीमा ७१ प्रतिशत खसेको प्रमुख आयुक्त यादवले बताए ।

उनले अर्घाखाँचीको सन्धिखर्कको एक मतदान केन्द्रमा मात्रै मतदान स्थगित भएको जानकारी दिए । मतदान शान्तिपूर्ण भएको र अब मतगणना पनि कसैले प्रश्न उठाउन नसक्ने गरी गर्न उनले निर्वाचन अधिकारीहरुलाई अनुरोध गरे ।

प्रमुख आयुक्त यादवले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै आयोगले योसँगै अब संक्रमणकाल अन्त्य भएको विश्वास लिएको सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ