arrow

किरियापुत्रीले गरे मतदान

logo
पर्सा
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
kiriya_(2).jpg

ठोरी । पर्साको ठोरीमा किरिया पुत्रीले मतदान गरेका छन । ठोरी गाउँपालिकाको वार्ड नं २ मा पर्ने सरस्वती मावि मतदान केन्द्रमा बुवाको किरिया बसेका दुई दाजुभाई प्रकाश खनाल र प्रशुराम खनालले मतदान गरेका हुन ।

बुवाको किरिया बसेका उनीहरुले किरियापुत्रीकै भेषमा मताधिकार प्रयोग गरे । खनाल दाजुभाइका बुवा कांग्रेस पूर्व जिल्ला सदस्य समेत रहेका समाजसेवी हरिप्रसाद खनालको ८३ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंको बीर अस्पतालमा गत शुक्रबार निधन भएको थियो ।

जिल्लाका १६७ मतदानस्थल र ३५१ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बताए । पर्सामा ६० देखि ६५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ