arrow

बैतडीमा दुई राज्यमन्त्रीको भीडन्त, बाम अगाडि  

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
Baitadi_District.png

काठमाडौं । बैतडीमा दुई जना राज्यमन्त्रीहरुबीच चुनावी प्रतिस्पर्धा भएको छ । बैतडीको पछिल्लो प्रारम्भिक मत परिणाम अनुसार प्रतिनिधि सभाका लागि पूर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारी र बहालवाला वाणिज्य राज्यमन्त्री नर बहादुर चन्दबीच प्रतिस्पर्धा हुने भएको हो ।  

उनीहरु मध्ये भण्डारी बाम गठबन्धन  बाट प्रतिस्पर्धी छन् भने उनले १८ सय ५९ मत ल्याएका छन् । त्यस्तै, चन्दले लोकतान्त्रीक गठबनधनका तर्फबाट १५ सय २६ मत ल्याएका छन् । नारायणदत्त अवस्थी विवेकशील साझाका उम्मेदवारले त्यहाँ २५ मत मात्रै ल्याएका छन् । 

त्यस्तै, प्रदेश सभा  तर्फ क मा बाम गठबन्धनका प्रेम प्रकाश भट्टले ११ सय ८५ मत ल्याउँदा लोकतान्त्रिकका हरिमोहन भण्डारीले ८ सय २३ मत ल्याएका छन् । प्रदेश सभा २ का लागि लिलाधर भट्ट बाम गठबन्धन छन् जसको १३ सय २० र गणेश बहादुर चन्द लोकतान्त्रीक गठबन्धनका उम्मेदवारको ११ सय ९५ मत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ