arrow

आर्सनललाई उछिन्दै लेस्टर शीर्ष स्थानमा, म्यानयुलाई झट्का

आर्सनल र चेल्सी भिडन्त

logo
प्रकाशित २०७२ माघ १० आइतबार
Leicester-City.jpg.jpeg
एजेन्सी । लेस्टर सिटीले शीर्ष स्थानको आर्सनललाई उछिन्दै इङ्गलिश प्रिमियर लिगमा अग्रता लिएको छ । शनिबार राति घरेलु मैदानमा स्टोक सिटीलाई ३–० ले हराउँदै लेस्टर लिग अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । सिटीलाई विजयी गराउन डानियल ड्रिङ्कवाटर, जेमी भार्डी र जोस लिओनार्दो उलाले एक–एक गोल गरे ।
 
यो खेलपछि लेष्टर सिटीको २३ खेलबाट ४७ अंक भएको छ । एक खेल कम खेलेको आर्सनलको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटी बराबर ४४ अंक रहेपनि गोल अन्तरले पछि परेको छ । पाँचौ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेड फेरि पराजित भएको छ । म्यानयुविरुद्ध साउथह्याम्पटनले १–० को संघर्षपूर्ण जित निकाल्यो । यो हारले म्यानयु थप दबाबमा परेको छ । उता, वेष्टह्याम युनाइटेड र म्यान्चेस्टर सिटीले २–२ को बराबरी खेल्दै अंक बाँडे ।
 
लिभरपुल र नर्विच सिटीको कडा संघर्ष भयो । लिभरपुलले नर्विचविरुद्ध ५–४ संघर्षपूर्ण जित हासिल गर्दा टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई ३–१ ले स्तब्ध बनायो । सन्डरल्याण्ड र एएफसी बर्नमाउथले १–१ को बराबरी खेल्दा वाट्फोर्डले न्यूकासल युनाइटेडलाई २–१ ले हरायो ।
यस्तै, वेष्ट ब्रोमविच आल्बियन र एस्टन भिल्लाले गोलरहित बराबरी खेले । प्रिमियर लिगमा आइतबार राति दुई खेल हुँदै छन् । एभर्टनले र स्वान्सी सिटी तथा आर्सनलले र संकटग्रस्त चेल्सीसंग खेल्ने तालिका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ