arrow

बागलुङमा कम्युनिष्ट गठबन्धन अगाडि काँग्रेस दोस्रोमा 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
baglung_district.png

बागलुङ । बागलुङ जिल्लामा पनि कम्युनिष्ट गठबन्धन बलियो देखिएको छ । बागलुङ क्षेत्र नम्बर १ मा एमालेका सूर्य पाठकले ६९०१ मत ल्याउँदा नेपाली काँग्रेसका चप्पा खड्काको ४९३७ मत रहेको छ । 

त्यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका देवेन्द्र पौडेलको ४६८३ मत रहेको छ भने काँग्रेसका निरज पुनको ४२०४ मत रहेको छ । 

यता, प्रदेशसभातर्फ प्रदेश सभा तर्फ १ क मा एमालेका इन्द्रलाल सापकोटाको ३३३५ मत रहेको छ भने काँग्रेसका दीपेन्द्र थापाको २८०५ मत रहेको छ । 

१ ख तर्फ काँग्रेसका प्रकाश शर्माले २३९४ मत ल्याउँदा कम्युनिष्ट गठबन्धनका कृष्ण थापाको ३३३४ मत रहेको छ । 

त्यस्तै २ को  क तर्फ कम्युनिष्ट गठबन्धनका चन्द्र बुढाको ३८९६ मत रहेको छ भने काँग्रेसका मन्जेश मल्लको ३६०१ मत छ । 

त्यस्तै २ को ख तर्फ कम्युनिष्ट गठबन्धनका टेक बहादुर घर्तीको ४६७६ मत छ भने काँग्रेसका जित शेरचनको २७६६ मत रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ